३० वर्ष संयुक्त राष्ट्र संघका विभिन्न निकायमा काम गरे उनले । कहिले जेनेभा त कहिले रसिया, कहिले युद्धग्रस्त मुलुकमा त कहिले सैनिक शासक भएको मुलुकमा । ललितपुरका भीम उदास (७३) ले संयुक्त राष्ट्र संघका विभिन्न निकायको नेतृत्व सम्हाले, जसमध्ये विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मा धेरै समय बिताए । म्यानमारका लागि नेपाली राजदूत समेत रहिसकेका भीमले आफ्नो जीवनमा धेरै हण्डर खानुपर्यो । २००६ चैत २६ गते भोजपुरको टक्सारमा जन्मिएका भीमले त्यहीको विद्योदय हाईस्कूलबाट एसएसलसी गरे ।