गगनमाथि ज्ञानेन्द्रको आक्रोश : सभापति र दलको नेता बदल्न सम्भव छ?

काठमाडौं : नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री गगनकुमार थापालाई सभापति र संसदीय दलको नेता बन्ने मनस्थिति बदल्न आग्रह गरेका छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै नेता कार्कीले शेरबहादुर देउवालाई सभापति र संसदीय दलको नेताबाट हटाउने मनस्थितिबाट बाहिर निस्किन महामन्त्री थापालाई आग्रह गरेका हुन्। लामो समय सभापति देउवाको पक्षमा बोलेका नेता कार्कीले महामन्त्री थापाप्रति आक्रोश पोखेका थिए। ‘अहिलेको आवश्यकता सभापति र संसदीय दलको नेता बदल्ने हो? य