यस वर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार सुर्खेतको वीरेन्द्रनगर–३ स्थित प्रशान्ति वृद्धाश्रम केन्द्रले पाएको छ । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले शनिबार आयोजित कार्यक्रममा २ लाख राशिको पुरस्कारबाट वृद्धाश्रमलाई पुरस्कृत गरेको हो । प्रशान्ति वृद्धाश्रमले लामो समयदेखि ज्येष्ठ नागरिकलाई आश्रय, भोजन तथा स्वास्थ्य उपचार सेवा दिँदै आएको छ ।