उपत्यकामा निषेधाज्ञा झन् कडा : बाहिर जान १० दिन क्वारेन्टिनमा बस्ने स्थानीय तहको पत्र अनिवार्य

काठमाडौँ । काठमाडौँ उपत्यका बाहिर जानका लागि १० दिन क्वारेन्टिनमा बस्ने सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाले अनिवार्य रूपले १० दिन क्वारेनटिन राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा मात्र जान दिने निर्णय गरेको हो । वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञालाई […]

सम्बन्धित सामग्री

काठमाडाैं उपत्यकामा निषेधाज्ञा थप कडा, ८ बजेपछि गाडी चलाउन रोक

काठमाडाैं : काठमाडाैं उपत्यकामा निषेधाज्ञा पुनः थप गरिएको छ। साउन २८ गतेदेखि भदाै ८ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरिएको छ। अत्यावश्यकबाहेक निजी अनि सार्वजनिक सवारीसाधनमाथि कडा नियम लगाइएको छ। राति ८ बजेभित्र सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्नेछ। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गरिसक्नुपर्ने उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसअघि जारी निषेधाज्ञा साउन अन्तिममा सकिँदै छ।

काठमाण्डौ उपत्यकामा खाद्यान्न र विकास निर्माणका क्षेत्र खुकुलो बनाउने तयारी

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा पर्सि २० गते सकिँदैछ । त्यसपछि निषेधाज्ञा थप्दा विकास निर्माण र खाद्यान्नको क्षेत्र खुकुलो बनाउने तयारी भएको हो । यसबारे निर्णय गर्न काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । आज या भोलि बस्ने बैठकले यसबारे निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । यसअघि गएको १४ गतेदेखि थपिएको निषेधाज्ञा कडा बनाइएको छ । खाद्यान्न पसलसमेत बन्द गरि...

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

१८ जेठ, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले मंगलबारको बैठकमा पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही […]

काठमाडौंका एसएसपी भन्छन्–निषेधाज्ञामा थप कडाइ गर्छौं

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको आज पाँचौ दिन भएको छ । निषेधाज्ञाको बीचमा पनि सडकमा सवारी र पैदल हिँड्नेहरू बाक्लै देखिएका छन् । निषेधाज्ञाको आदेश पालना गराउने मुख्य निकाय प्रहरी हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख अशोक सिंहले रातोपाटीसँग कुरा गर्दै निषेधाज्ञालाई ‘थप कडा बनाउने’ बताएका छन् । विमानस्थल बन्द गर्ने निर्णय भएको अवस्थामा अब निषेधाज्ञाको आदेशलाई कसरी कार्यान्वयन गरिन्छ भनेर काठमाडौं प्रहरी प्रमुख सिंहसँग रातोपाटीले गरेको संक्षिप्त कुराकानी स्निषे

निषेधाज्ञाको पहिलो दिन, नागढुंगामा जे देखियो (तस्बिर)

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको पहिलो दिन यातायातका साधनहरु ठप्पै प्रायः रहे । अत्यावश्यक सेवा बाहेकका यातायातका साधनहरु चलेनन् । तर उपत्यका भित्रिने महत्वपूर्ण नाका नागढुंगाबाट भने आज पनि केही सवारी साधन उपत्यकामा भित्रिएका छन् ।  प्रहरीको निकै कडा चेकजाँचबीच सवारी साधनहरु भित्रिएका देखिन्थे भने उपत्यकाबाट बाहिरिन प्रतिक्षारत सर्वसाधारणहरु पनि सडक किनारामा अलपत्रजस्तै देखिन्थे ।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा पालनामा कडाइ, एक हजारभन्दा धेरै गाडी होल्डमा

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा बिहानदेखि लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका लागि कडाइ गरिएको छ । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । सुरक्षाकर्मीले सुरक्षा चेकजाँचलाई कडा पारेका छन् । अत्यावश्यक बाहेकका गाडीलाई होल्ड गरिएको छ भने मास्क नलगाइ हिड्ँनेलाई सम्झाइ बुझाइ गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म एक हजारभन्दा धेरै गाडीलाई प्रहरीले होल्डमा राखेको छ । प्रहरीका अनुसार होल्डमा हुनेमा दुई पाङ्ग्रे गाडी धेरै छन् । अहिलेसम्म ८ सय १५ वटा दुई पाङ्ग्रे गाडी र दुई सय ३३ वटा चार पाङ्ग्रे ग...

उपत्यकामा निषेधाज्ञा–चोकचोकमा कडा चेकजाँच, तस्बिरमा हेर्नुहोस्

काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि निषेधाज्ञा गरिएको छ।  कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय प्रशासनले पहिलो चरणमा वैशाख २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञापछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रशासनले अत्यावश्यकबाहेकका त्यस्ता सवारीसाधन सञ्चालनमा रोक लगाएपनि कतिपयले निषेधाज्ञा उलंघन गर्न सक्ने भएकाले चेकजाँचलाई कडा पारेको छ । प्रहरीले राजधानीका चोकचोकमा कडा चेकजाँच गरिरहेको छ भने पास बिना सञ्चालित यातायातका