काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि निषेधाज्ञा गरिएको छ। कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय प्रशासनले पहिलो चरणमा वैशाख २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञापछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रशासनले अत्यावश्यकबाहेकका त्यस्ता सवारीसाधन सञ्चालनमा रोक लगाएपनि कतिपयले निषेधाज्ञा उलंघन गर्न सक्ने भएकाले चेकजाँचलाई कडा पारेको छ । प्रहरीले राजधानीका चोकचोकमा कडा चेकजाँच गरिरहेको छ भने पास बिना सञ्चालित यातायातका