काठमाण्डौ - काठमाण्डौ उपत्यकामा बिहानदेखि लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका लागि कडाइ गरिएको छ ।
सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । सुरक्षाकर्मीले सुरक्षा चेकजाँचलाई कडा पारेका छन् ।
अत्यावश्यक बाहेकका गाडीलाई होल्ड गरिएको छ भने मास्क नलगाइ हिड्ँनेलाई सम्झाइ बुझाइ गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म एक हजारभन्दा धेरै गाडीलाई प्रहरीले होल्डमा राखेको छ । प्रहरीका अनुसार होल्डमा हुनेमा दुई पाङ्ग्रे गाडी धेरै छन् । अहिलेसम्म ८ सय १५ वटा दुई पाङ्ग्रे गाडी र दुई सय ३३ वटा चार पाङ्ग्रे ग...