काठमाडौं।काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा बनाइएको छ।अर्को सूचना प्रकाशित नहुन्जेलसम्म हरेक दिन साँझ ८ बजे देखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलाउन पाइने छैन।“ अत्यावश्यक सेवा,ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्नेछ”,काठमाडौं जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौंः आजबाट काठमाडौं उपत्यकाभित्रका सबै सवारी साधन चलेका छन्। लामो समयदेखि बन्द रहेका सवारी साधन सडकमा गुड्दा चाप बढेको छ।
देशभर कोरोना संक्रमण बढ्दै गएपछि वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो। त्यसपछि सबै सवारी साधन ठप्प भए। निषेधाज्ञाको ५४ दिनपछि सार्वजनिक सवारी साधनलाई जोरबिजोरको आधारमा चल्न दिने निर्णय…
कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन् । सो अवधिमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै करिब ३३ हजार सवारी साधन र एक हजार आठ सय जनालाई ‘होल्ड’ गरिएको छ ।महानगरीय प्रहरी कार्यालय रानीपो
काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ९९२ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरेको जनाएको छ। होल्ड गरिएकामा १ हजार ३०५ वटा दुई पाङग्रे, ४३५ वटा चार पाङ्ग्रे, ९२ वटा ट्याक्सी र १६० वटा अन्य ठूला सवारी साधन रहेका छन्। निषेधाज्ञाका समयमा अत्यावश्यक सेवा र पास भएका बाहेकका सवारी साधनको आवागमनमा निषेध गरिएको छ।
काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ९०९ वटा सवारी साधनलाई आज ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्ड गरिएकामा १ हजार४०९ वटा २ पाङग्रे, १०९ वटा ठूला र बाँकी साना चारपाङग्रे सवारी साधन रहेका छन्। होल्ड गरिएका सवारी साधनलाई बेलुकी मात्र छाडिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा भएकोले सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको पहिलो दिन यातायातका साधनहरु ठप्पै प्रायः रहे । अत्यावश्यक सेवा बाहेकका यातायातका साधनहरु चलेनन् । तर उपत्यका भित्रिने महत्वपूर्ण नाका नागढुंगाबाट भने आज पनि केही सवारी साधन उपत्यकामा भित्रिएका छन् । प्रहरीको निकै कडा चेकजाँचबीच सवारी साधनहरु भित्रिएका देखिन्थे भने उपत्यकाबाट बाहिरिन प्रतिक्षारत सर्वसाधारणहरु पनि सडक किनारामा अलपत्रजस्तै देखिन्थे ।
काठमाडौं : उपत्यकामा निषेधाज्ञाको पहिलो दिन बिनापास गुडेका दुई हजार ३९ सवारी कारबाहीमा परेका छन्।उपत्यकामा निषेधाज्ञा पालना नगर्ने दुई पांग्रे एक हजार दुई सय ८८ र चार पांग्रे पाँच सय ५१ सवारी साधन कारबाहीमा परेका हुन्। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शुशिलसिंह राठौरले उपत्यकाका तीन जिल्लामा बिनापास गुडेका दुई हजार ३९ सवारीलाई दिनभर होल्ड गराएर बेलुकी छोडेको जानकारी दिए।‘पहिलो दिन भएकाले दिनभर होल्ड गरेर छोडेका छौं’ राठौरले भने,‘भोलिबाट थप कडाई गर्छाै।’
काठमाडौं। उपत्यकामा निषेधाज्ञा लागू हुँदा अत्यावश्यक कामका लागि मात्र सरकारी कार्यालय खाेल्ने निर्णय गरिएको छ। औषधि पसल, एम्बुलेन्स, शव बाहन, दमकल, कुटनीतिक नियोग र प्रेसका सवारी साधन खुला हुनेछ। खाद्यान्न, तरकारी पसल, दूध लगायतका दैनिक उपभोग्य वस्तुहरूको उपलब्धताका लागि बजार खुला हुनेछ। सामाजिक दूरी कायम गरी बैंक तथा वित्तीय सेवा सञ्चालन गर्न पाउनेछ। हवाई सेवा पनि सूचारू हुनेछ।