बिजुली बलेपछि स्थानीय खुशी

अपिहिमाल गाउँपालिका वडा नं. ३ पाथामा बिजुली बत्ती बलेको छ ।

सम्बन्धित सामग्री

मार्मामा बिजुली पुग्याे, स्थानीय खुशी

गाउँमा यति छिटै बिजुली आउँला र उज्यालोमा बसौला भन्ने कल्पनासमेत नगरेका ७२ वर्षीय कल्याण टमटा गाउँमा बिजुली बलेपछि दङ्ग पर्नुभएको छ।

भोजपुरको भौसिपंखमा बल्ल पुग्यो बिजुली, बत्ति बाल्न पाउँदा स्थानीय दंग

भोजपुर । भोजपुर नगरपालिका– १० भौसिपंखाका बिजुली पुगेपछि स्थानीय अँध्यारोबाट मुक्त भएका छन् । वषौंदेखि समस्या झेल्दै आएका उनीहरु जनप्रतिनिधिको प्रयासबाट आफ्नो वडामा बिजुली पुगेपछि खुशी भएका हुन् । बत्तीमुनिको अँध्यारो भनेझै भोजपुर जिल्लाको सदरमुकामबाट १० किलोमिटर मात्रै टाढा रहेको भौसिपंखमा अहिलेसम्म बिजुली नबल्दा स्थानीय निराश भएका थिए । सदरमुकामबाट नजिकै भएर पनि बिजुली नहुँदा […]

कालीकोटकाे कोटवाडामा पहिलाे पटक बिजुली

कालीकाेट - कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा पहिलाे पटक बिजुली पुगेकाे छ । नेपाल विद्युत् प्राधिकरण र ठेकेदारले विद्युतीय संरचनाकाे काम सकाएपछि हिजाे काेटवाडामा बत्ती पुगेकाे हाे । पहिलो पटक गाउँमा बिजुली बलेपछि कोटवाडाका स्थानीय खुशी भएका छन् । नरहरिनाथका अन्य वडामा अहिले विद्युतीय संरचना निर्माणको काम भइरहेकाले अबको केही दिनमा अन्य वडामा पनि बत्ती पुग्ने प्राधिकरण वितरण केन्द्र कालीकोटका प्रमुख इञ्जिनियर विमल कुमार शाहले बताउनु भयो । बिजुली नपुगेका अन्य पालिकामा विद्युत्&...

बेलायती सेनाको सहयाेगले ताजाकोटमा उज्यालो छायाे

सुर्खेत : वर्षौंदेखि दियालोको भरमा उज्यालोमा बसेका ताजाकोट गाउँपालिका ३, ४ र ५ का स्थानीयबासीहरु बिजुली पाउँदा खुशी भएका छन्। कर्पुखोला लघुु जलविद्युत आयोजनाबाट उत्पादित ११२ किलोवाट विद्युतबाट यहाँका ९०२ घरधुरीलाई सहज भएको छ।योजना निर्माणका लागि बेलायती सेनाको सहयाेग रहेकाे बताइएको छ। आयोजनका लागि आठ करोड ४४ लाख ९८ हजार ४३८ रुपैयाँ काँधुरी संस्थाले बेहोरेको र स्थानीय उपभोक्ताले दुई करोड ५५ लाख नौ हजार ६० रुपैयाँ बराबरको श्रमदान गरेको स्थानीय जयरुद्र ढकालले बताए।उनका अनुसार विद्युत

बस्ती स्थानान्तरणले स्थानीयमा ल्याएको खुशी

पर्वत । पर्वतको फलेवास नगरपालिका–८ अर्चलेका ६७ वर्षीया बुद्धिसरा विकको मानसपटलमा २०७२ सालको भूकम्प अहिले पनि झलझली आउँछ । घरका ६ जना सकुशल भए पनि बस्दै आएको घर र आँगन भूकम्पले भत्कियो । भूकम्पपछि पालमा बस्दै आएको बुद्धिसराको परिवार ६ वर्षपछि सुरक्षित स्थानमा सरेको छ । छतिवनटारीमा एकीकृत बस्ती बनेपछि उनको परिवार स्थानान्तरण भएको हो । ‘अहिले पनि भूकम्प गएको दिनको सम्झना आइरहन्छ,’ बुद्धिसराले भनिन्, ‘धन्न बाँचियो र अहिले यहाँ पक्की घरमा बस्न पाइयो ।’ घामपानी छलेर छानामुनिको घरमा सर्दा उनका आँखा रसाए । बुद्धिसरासहित अर्चलेका १२ दलित समुदायका घर परिवार असुरक्षित रहेको अर्चलेबाट सोही वडाको छतिवनटारीमा स्थानान्तरण भएपछि राहतको श्वास फेरिरहेका छन् । भूकम्पले बस्ती चिराचिरा परेपछि त्रासमा रहेका स्थानीयलाई भूकम्प गएको ६ वर्षपछि एकीकृत बस्तीमा सारिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् भने खानेपानी, बिजुली र सडक बनाउन फलेवास नगरपालिकाले लगानी गरेको छ । बस्ती निर्माणमा करीब २ करोड खर्च भएको छ । सरकारले जोखिममा रहेको बस्ती स्थानान्तरण गरेपछि अहिले राहतको महसूस गरेको स्थानीय ईश्वरी विश्वकर्माले बताइन् । पहिलेको त्रास अहिले हटेको भन्दै उनले बस्तीमा सुरक्षित बस्न पाउँदा खुशी लागेको सुनाइन् । ‘भूकम्प गएको ६ वर्षसम्म दुःखकष्टले दिन बिताइयो,’ विश्वकर्माले भनिन्, ‘ढिलो भए पनि बलियो ठाउँमा सर्न पाइयो । यसैमा हर्ष लागेको छ ।’ एकै प्रकारका घरमा एकै किसिमको रङ लगाइएको छ । बस्तीमा पानी, सडक, बिजुलीको सुविधा पुगेको छ । वडाध्यक्ष मनबहादुर कुँवरका अनुसार बस्ती नजिकै विद्यालय नहुँदा भने समस्या छ । चाँडै प्राथमिक तहको विद्यालय समेत नजिकै निर्माण गर्ने तयारीमा रहेको कुँवरले सुनाए । आयआर्जनका लागि फलेवास नगरपालिकाले सामूहिक आरन उद्योग समेत सञ्चालनमा ल्याएको उनले बताए । स्थानीय डिलबहादुर विकले भूकम्पले भत्किएको पुरानो बस्तीमा घर बनाउँदा फेरि पनि उच्च जोखिम हुने भूगर्भविद्हरूले बताएकाले बस्तीलाई नयाँ ठाउँमा सारिएको बताए । बस्ती निर्माणका अभियन्ता विकका अनुसार पूर्वाधार विकासमा ४७ लाख, निर्माणका लागि प्राधिकरणको ३६ लाख, उपभोक्ताको तर्फबाट प्रतिघर ३ लाखका दरले ३६ लाख, जग्गा खरीदमा २४ लाख, बाटो, विद्युत्, खानेपानी, सडक र उद्योग सञ्चालनका लागि नगरपालिकाको ३५ लाख रुपैयाँ लगानी भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रतिपरिवार तीन लाख रुपैयाँ दिएकोमा भूकम्प पीडित स्वयंले पुनः तीन लाख रुपैयाँ थप गरेर घर निर्माण गरेको विकले बताए । बस्तीसहित बासिन्दाका लागि आवश्यक भौतिक संरचना समेत निर्माण गरिएको छ । भूकम्पपीडितहरू नयाँ बस्तीमा सरेसँगै सोमवार प्रतिनिधिसभाका सदस्य पदम गिरीले बस्तीको उद्धाटन गरेका थिए । गिरीले बस्तीमा आवश्यक पर्ने थप पूर्वाधार निर्माणका लागि राज्यको तर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिए । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले एकीकृत बस्ती पर्वतकै नमूना बस्ती रहेको बताए ।

मोरङको वारङ्गीमा बिजुली बल्यो

मोरङ जिल्ला भन्नासाथ औसत नेपालीले समथर भूगोल, फाँटिलो खेत र सुगम शहरको कल्पना गरिन्छ । तर उत्तरी मोरङको पहाडी गाउँ लेटाङ ७ वारङ्गीका धेरैजसो गाउँमा बिजुली पुगेको थिएन । अहिले त्यहाँ विजुली पुग्दा स्थानीय खुशी भएका छन् ।

हिमाली गाउँ गौरीशंकरमा पहिलो पटक पुग्यो बिजुली

राजधानीबाट नजिकै रहेको हिमाली जिल्ला दोलखाको गौरीशंकर गाउँपालिका –९ मा पहिलो पटक बिजुली पुगेको छ । भौगोलिक विकटताले हालसम्म यो वडाको कुनैपनि गाउँमा सडक पुर्‍याउन नसके पनि बिजुली आउने भएपछि यहाँका स्थानीय खुशी भएका छन् । ठेकेदार कम्पनी काली ह्युल्सा जेभीले तीन करोड रुपियाँमा ठेक्का सम्झौता गरी रिकुदेखि सुरमुच्चे, क्याल्चे, डोगाँङ, ढाङठिङ हुँदै वेदिङसम्म प्रसारण लाइन विस्तार गरेको हो ।

बिजुली पुगेपछि खुशीयाली

विमल विष्ट, डोटी । पोल गाढेको वर्षौंपछि जिल्लाको केआइसिंह गाउँपालिका वडा नं १ गणेशकाडा र वडा नं ४ को मगरबस्तीमा राष्ट्रिय प्रसारणको विद्युत् सेवा पुगेको छ । वर्षौंपछि बिजुली पुगेपछि अहिले स्थानीय खुशी भएका छन् । सल्लाको दियालो र टुकीको भरमा उज्यालोको व्यवस्थापन गर्दै आएका स्थानीयले बिजुली बत्ती पाएपछि सरकारलाई धन्यबाद दिन थालेको केआइसिंह गाउँपालिका–१ […]

एघार वर्षपछि गाउँमा बिजुली बलेपछि गल्धाफाँट क्षेत्रका स्थानीयमा खुशीयाली

बेझाड : पाल्पाको निस्दी गाउँपालिका–५ को गल्धाफाँट क्षेत्रमा एघार वर्षपछि बिजुली बलेको छ। विद्युतीकरणका लागि काम थालनी भएको ११ वर्षमा बिजुली बलेपछि गाउँवासी खुशी छन्। स्थानीय लालीगुराँस विद्युत् सहकारीले जिम्मेवारी लिएर विसं २०६५ देखि गाउँमा विद्युत् सेवा सञ्चालनका लागि काम अगाडि बढाइएको थियो। सहकारीले दुई वर्ष अघिदेखि तीब्र रुपमा