बेलायती सेनाको सहयाेगले ताजाकोटमा उज्यालो छायाे

सुर्खेत : वर्षौंदेखि दियालोको भरमा उज्यालोमा बसेका ताजाकोट गाउँपालिका ३, ४ र ५ का स्थानीयबासीहरु बिजुली पाउँदा खुशी भएका छन्। कर्पुखोला लघुु जलविद्युत आयोजनाबाट उत्पादित ११२ किलोवाट विद्युतबाट यहाँका ९०२ घरधुरीलाई सहज भएको छ।योजना निर्माणका लागि बेलायती सेनाको सहयाेग रहेकाे बताइएको छ। आयोजनका लागि आठ करोड ४४ लाख ९८ हजार ४३८ रुपैयाँ काँधुरी संस्थाले बेहोरेको र स्थानीय उपभोक्ताले दुई करोड ५५ लाख नौ हजार ६० रुपैयाँ बराबरको श्रमदान गरेको स्थानीय जयरुद्र ढकालले बताए।उनका अनुसार विद्युत

सम्बन्धित सामग्री

लालसागरमा अमेरिका र बेलायती सेनाको कारबाही शुरु

काठमाडौं– अमेरिका र बेलायती सेनाको एयरफोर्सले मध्यपूर्वी मुलुक यमनमा हुती विद्रोहीको खडामाथि विहीबार मध्यरातिदेखि हमला सुरु गरेका छन् । लालसागरमा भएको यो कारवाहीले मध्यपूर्वी देशहरूको क्षेत्री सन्तुलनमा उथलपुथल ल्याउने अनुमान गरिए पनि यो सैन्य कारवाही लालसागरको अन्तर्राष्ट्रिय समुद्री बाटोको सुरक्षा चुनौती समाप्त गर्ने मात्र उद्देश्य रहेको गठबन्धन देशहरूको दाबी छ ।   इजरालयले गाजामाथि आक्रमण […]

प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता

काठमाडौँ – संयुक्त अधिराज्य बेलायतको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर पट्रिक सन्डर्सबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । द्विपक्षीय सैनिक सम्बन्ध, आपसी सहयोग तथा चासोका […]

युक्रेनमा रुसी सेनाको कारवाहीमा ब्राजिलकी मोडल तथा निशानेबाजको मृत्यु

काठमाडौँ- ब्राजिलकी एकजना मोडल तथा निशानेबाज (स्नाइपर) रुसी सेनाको कारवाहीमा युक्रेनमा मारिएकी छिन् । रुसी सेनाविरुद्धको लडाईमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा ३९ वर्षीया थालितो डो भाले मारिएकी हुन् । बेलायती अखबार डेली मेलका अनुसार विश्वभर मानवीय अभियानमा सहभागी हुँदै आएकी उनले यसअघि इराकमा आतंककारी संगठन इस्लामिक स्टेटविरुद्ध समेत लडेकी थिइन् । […]

रुसी सेनाको आक्रमणमा परी एक बेलायती सैनिकको मृत्यु

काठमाडौं । युक्रेनको तर्फबाट युद्ध लडिरहेका एक पूर्वबेलायती सैनिकको रुसी सेनाको आक्रमणमा मृत्यु भएको छ । गत मार्चमा बेलायती सेनाबाट राजीनामा दिई युक्रेन युद्धमा सामेल भएका जोर्डन गेट्ली एक प्रभावशाली सैनिकको रुपमा परिचित रहेको बुझिएको छ । युक्रेनको पूर्वी शहर सेवेरोडनेत्स्कमा रुसी सेनासँग जुधिरहेका उनको रुसी सैनिकको गोली प्रहारबाट मृत्यु भएको हो । उनले रुस […]

रुसी सेनाले दोनबास नियन्त्रणमा लिँदै छ : बेलायती प्रधानमन्त्री जोनसन

किभ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेना पूर्वी युक्रेनको दोनबासमा सुस्त तर स्पष्ट प्रगति गरिरहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले टिप्पणी गरेका  छन् । ‘मलाई डर छ कि पुटिनले आफू र रुसी सेनाको लागि ठूलो मूल्य चुकाएर दोनबासलाई नियन्त्रणमा लिन चाहन्छन्’, प्रधानमन्त्री जोनसनले भनेका छन् । रुसी सेना निरन्तर ढंगले युक्रेनतर्फ अगाडि बढेकाले त्यसको प्रतिकार गर्न […]

बेलायती सेनाका लेफ्टिनेन्ट जनरलद्वारा नेपाली सेनाको प्रशंसा

लन्डनस्थित नेपाली दूतावासमा मंगलबार साँझ आयोजित ‘नेपाली सेना दिवस २०२२’ मा  बेलायती सेनाका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डल (ओबीइ) ले  नेपाली सेनाको खुलेर प्रशंसा गरेका छन् । समारोहका  प्रमुख अतिथि वार्डलले नेपाली सेनाले आफ्नो देशभित्र मात्र नभइ अन्तरराष्ट्रिय स्तरमा समेत ठूलो प्रतिष्ठा कमाउन सफल भएको बताए । संयुक्त राष्ट्रसंघको शान्तिसेनामा सहभागिताका हिसाबले नेपाली सेना संसारकै दोस्रो स्थानमा रहेको धारणा व्यक्त गरे । बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्ध र गोर्खाहरुको

रुसी सेनाको गोली लागी युक्रेनमा बेलायती पत्रकार घाइते

काठमाडौं– युक्रेनमा जारी युद्धका क्रममा एकजना बेलायती पत्रकार घाइते भएका छन् । राजधानी किभमा युक्रेन युद्धको समाचार संकलन गरिरहेका बेलायतको स्काई न्युज च्यानलका पत्रकार स्टुअर्ट राम्जी घाइते भएका हुन् । उनको पिठ्युँमा एक गोली लागेको जनाइएको छ । उनको साथमा रहेका क्यामेरा पर्सन रिची मोक्लरलाई लागेको दुई गोली सुरक्षा कवचले बचाएको बीबीसीले जनाएको छ । […]

प्रधानसेनापति शर्मा र बेलायती सेनाका जनरल ओबीबीच भेट

काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्मासँग बेलायती सेनाका जनरल रिचर्ड वार्डल ओबीले शिष्टाचार भेट गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटवार्तामा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उच्चस्तरीय यस्ता भेटले दुई देशका सेनाबीच रही आएको मित्रवत सम्बन्ध थप सुमधुर तुल्याउन योगदान पुग्ने सेनाको […]

बेलायती अध्यागमनको नयाँ नियमले गोर्खा सैनिक लाभान्वित

हालै बेलायतको अध्यागमन विभागले भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ ।बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र गृहमन्त्री प्रिती पटेलले लण्डनस्थित सेनाको मुख्यालयमा गैरबेलायती सैनिकको भेलामा उक्त घोषणा गरेका हुन् । भिसा शुल्क छुटको सुविधा पहिले नै अवकाश लिएकाहरूका हकमा पनि लागू हुने जनाइएको छ ।रक्षामन्त्री

पूर्वी युरोपमा आफ्ना सेनाको तैनाथी दोब्बर पार्ने बेलायतको तयारी

काठमाडौं । युक्रेनको विषयलाई लिएर रुस र अमेरिकाबीच तनाव बढ्दै गएका बेला बेलायतले पूर्वी युरोपमा आफ्ना सेनाको तैनाथी दोब्बर पार्ने तयारी गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पूर्वी युरोपमा थप सैनिकको तैनाथीले रुसलाई स्पष्ट सन्देश दिने जानकारी दिनुभएको छ । रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको आरोपको परिवेशमा पश्चिमा राष्ट्रहरु त्यसको सामना गर्ने तयरीमा […]