बस्ती स्थानान्तरणले स्थानीयमा ल्याएको खुशी

पर्वत । पर्वतको फलेवास नगरपालिका–८ अर्चलेका ६७ वर्षीया बुद्धिसरा विकको मानसपटलमा २०७२ सालको भूकम्प अहिले पनि झलझली आउँछ । घरका ६ जना सकुशल भए पनि बस्दै आएको घर र आँगन भूकम्पले भत्कियो । भूकम्पपछि पालमा बस्दै आएको बुद्धिसराको परिवार ६ वर्षपछि सुरक्षित स्थानमा सरेको छ । छतिवनटारीमा एकीकृत बस्ती बनेपछि उनको परिवार स्थानान्तरण भएको हो । ‘अहिले पनि भूकम्प गएको दिनको सम्झना आइरहन्छ,’ बुद्धिसराले भनिन्, ‘धन्न बाँचियो र अहिले यहाँ पक्की घरमा बस्न पाइयो ।’ घामपानी छलेर छानामुनिको घरमा सर्दा उनका आँखा रसाए । बुद्धिसरासहित अर्चलेका १२ दलित समुदायका घर परिवार असुरक्षित रहेको अर्चलेबाट सोही वडाको छतिवनटारीमा स्थानान्तरण भएपछि राहतको श्वास फेरिरहेका छन् । भूकम्पले बस्ती चिराचिरा परेपछि त्रासमा रहेका स्थानीयलाई भूकम्प गएको ६ वर्षपछि एकीकृत बस्तीमा सारिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् भने खानेपानी, बिजुली र सडक बनाउन फलेवास नगरपालिकाले लगानी गरेको छ । बस्ती निर्माणमा करीब २ करोड खर्च भएको छ । सरकारले जोखिममा रहेको बस्ती स्थानान्तरण गरेपछि अहिले राहतको महसूस गरेको स्थानीय ईश्वरी विश्वकर्माले बताइन् । पहिलेको त्रास अहिले हटेको भन्दै उनले बस्तीमा सुरक्षित बस्न पाउँदा खुशी लागेको सुनाइन् । ‘भूकम्प गएको ६ वर्षसम्म दुःखकष्टले दिन बिताइयो,’ विश्वकर्माले भनिन्, ‘ढिलो भए पनि बलियो ठाउँमा सर्न पाइयो । यसैमा हर्ष लागेको छ ।’ एकै प्रकारका घरमा एकै किसिमको रङ लगाइएको छ । बस्तीमा पानी, सडक, बिजुलीको सुविधा पुगेको छ । वडाध्यक्ष मनबहादुर कुँवरका अनुसार बस्ती नजिकै विद्यालय नहुँदा भने समस्या छ । चाँडै प्राथमिक तहको विद्यालय समेत नजिकै निर्माण गर्ने तयारीमा रहेको कुँवरले सुनाए । आयआर्जनका लागि फलेवास नगरपालिकाले सामूहिक आरन उद्योग समेत सञ्चालनमा ल्याएको उनले बताए । स्थानीय डिलबहादुर विकले भूकम्पले भत्किएको पुरानो बस्तीमा घर बनाउँदा फेरि पनि उच्च जोखिम हुने भूगर्भविद्हरूले बताएकाले बस्तीलाई नयाँ ठाउँमा सारिएको बताए । बस्ती निर्माणका अभियन्ता विकका अनुसार पूर्वाधार विकासमा ४७ लाख, निर्माणका लागि प्राधिकरणको ३६ लाख, उपभोक्ताको तर्फबाट प्रतिघर ३ लाखका दरले ३६ लाख, जग्गा खरीदमा २४ लाख, बाटो, विद्युत्, खानेपानी, सडक र उद्योग सञ्चालनका लागि नगरपालिकाको ३५ लाख रुपैयाँ लगानी भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रतिपरिवार तीन लाख रुपैयाँ दिएकोमा भूकम्प पीडित स्वयंले पुनः तीन लाख रुपैयाँ थप गरेर घर निर्माण गरेको विकले बताए । बस्तीसहित बासिन्दाका लागि आवश्यक भौतिक संरचना समेत निर्माण गरिएको छ । भूकम्पपीडितहरू नयाँ बस्तीमा सरेसँगै सोमवार प्रतिनिधिसभाका सदस्य पदम गिरीले बस्तीको उद्धाटन गरेका थिए । गिरीले बस्तीमा आवश्यक पर्ने थप पूर्वाधार निर्माणका लागि राज्यको तर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिए । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले एकीकृत बस्ती पर्वतकै नमूना बस्ती रहेको बताए ।

सम्बन्धित सामग्री

फलेवासको चर्किएको बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण : भूकम्प पीडितलाई राहत

चैत १७, पर्वत । पर्वतको फलेवास नगरपालिका ८ अर्चलेका ६७ वर्षिया बुद्धिसरा विकलाई २०७२ सालको भूकम्प अहिले पनि मानसपटलमा झलझली आउँछ ।  घरका ६ जना परिवार सकुसल भएपनि बस्दै आएको घर र आँगन भूकम्पले भत्कियो । भूकम्पपछि पालमा बस्दै आएका बुद्धिसराको परिवार ६ वर्षपछि सुरक्षित स्थानमा सरेको छ । छतिवनटारीमा एकीकृत बस्ती बनाएर बुद्धिसराको परिवार स्थानान्तरण भएको हो ।  ‘अहिलेपनि भूकम्प गएको दिनको सम्झना आइरहन्छ,’ बुद्धिसराले भनिन्,  ‘धन्न बाँचियो र अहिले यहाँ पक्कि घरमा बस्न पाइयो ।’ घामपानी छलेर छानामुनीको घरमा सर्दा उनका आँखा रसाए । बुद्धिसरा सहित अर्चलेका १२ दलित समूदायका घर परिवार असुरक्षित रहेको अर्चलेबाट सोहि वडाको छतिवनटारीमा स्थानान्तरण भएपछि राहतको सास फेरिरहेका छन् ।  भूकम्पले बस्ती चिराचिरा परेपछि त्रासमा रहेका स्थानीयलाई भूकम्प गएको ६ वर्षपछि एकीकृत बस्तीमा सारिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् भने खानेपानी, विजुली र सडक बनाउन फलेवास नगरपालिकाले लगानी गरेको छ । बस्ती निर्माणमा करिव २ करोड खर्च भएको छ । सरकारले जोखिममा रहेको बस्ती स्थानान्तरण गरेपछि अहिले राहातको महसुस गरेको स्थानीय ईश्वर विश्वकर्माले बताए ।  उनले पहिलेको त्रास अहिले हटेको बताउँदै बस्तीमा सुरक्षित बस्न पाउँदा खुशी लागेको सुनाइन् । ‘भूकम्प गएको ६ वर्षसम्म दुःख कष्टले दिन बिताइयो,’ विकले भनिन्,‘ ढिलो भएपनि बलियो ठाउँमा सर्न पाइयो । यसैमा हर्ष लागेको छ ।’ एकै प्रकारका घरमा एकै किसिमको रङ लगाइएको छ । बस्तीमा पानी, सडक, विजुलीको सुविधा पुगेको छ । वडाध्यक्ष मनबहादुर कुँवरका अनुसार बस्ती नजिकै विद्यालय नहुँदा भने समस्या छ । चाँडै प्राथमिक तहको विद्यालय समेत नजिकै निर्माण गर्ने तयारीमा रहेको कुँवरले सुनाए । आयआर्जनका लागि फलेवास नगरपालिकाले सामूहिक आरन उद्योग समेत सञ्चालनमा ल्याएको कुँवरले बताए ।  एकीकृत बस्तीको बारेमा जानकारी गराउँदै स्थानीय डिलबहादुर विकले भूकम्पले भत्किएको पुरानो बस्तीमा घर बनाउँदा फेरि पनि उच्च जोखिम हुने भनी भूगर्वविदहरुले बताएका कारण बस्तीलाई नयाँ ठाउँमा सारिएको बताए ।  बस्ती निर्माणका अभियान्ता विकका अनुसार पूर्वाधार विकासमा ४७ लाख, निर्माणका लागि प्राधिकरणको ३६ लाख, उपभोक्ताको तर्फबाट प्रतिघर ३ लाखका दरले ३६ लाख, जग्गा खरिदमा २४ लाख, बाटो, विद्युत्, खानेपानी, सडक र उद्योग सञ्चालनका लागि नगरपालिकाको ३५ लाख रुपैयाँ लगानी भएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रति परिवार तीन लाख रुपैयाँ दिएकोमा भूकम्प पीडित स्वयंले पुनः तीन लाख रुपैयाँ थप गरेर घरहरु निर्माण गरिएका बिकले बताए । बस्ती निर्माण सहित बासिन्दाका लागि आवश्यक भौतिक संरचना समेत निर्माण गरेर भूकम्प पीडितहरु नयाँ बस्तीमा सरेसँगै सोमवार प्रतिनिधि सभाका सदस्य पदम गिरीले बस्तीको उद्घाटन गरेका थिए ।  गिरीले बस्तीमा आवश्यक पर्ने थप पूर्वाधार निर्माणका लागि राज्यको तर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिए । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले एकीकृत बस्ती पर्वतकै नमूना बस्ती रहेको बताए ।