राजधानीको असन तथा महाबौद्धमा व्यापार गर्ने एकै परिवारका पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि त्यस क्षेत्रका पसलहरू बन्द गरिएको छ । त्यहाँ कोरोना परीक्षणलाई व्यापक बनाइने भएको छ ।
शहीद शुक्रराज अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भारत सीतामणिबाट फर्कनुभएका एकै परिवारका पाँच जनामा कोरोना देखिएको बताउनुभयो । उहाँले छोरी, बाबुआमा, भाइ र छोरीको छोरालाई कोरोना सङ्क्रमण देखिएको बताउनुभयो ।