साउन ३१, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले शेयधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ ।
कम्पनीले शेयरधनीलाई २०६४/ ६५ सम्म घोषणा भइ वितरण गर्न बाँकी लाभांश रू.१ लाख ३७ हजार ८५ नगद लाभांश पारित भएको मितिले पाँच वर्ष बितिसके पश्चात पनि लिन नआएकाले यथाशिघ्र लिन भनेको हो ।
कम्पनीले सूचना प्रकाशित भएको ३० दिनभित्र लाभांश पुर्जा बुझिलिई लाभांश रकम भुक्तानी लिनपनि भनेको छ ।कम्पनीले उक्त समयभित्र पनि लाभांश रकम नबुझेमा कम्पनी ऐन अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बताएको छ ।