शेयरधनीलाई पुरानो लाभांश लिन समृद्धि फाइनान्सको आग्रह

काठमाडौं, ३२ साउन । समृद्धि फाइनान्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । २०६४÷६५ सम्म घोषणा भई वितरण गर्न बाँकी लाभांश बुझिलिन आग्रह गरेको हो । २०६४/६५ सम्म लाभांश घोषणा भई लिन बाँकी १ लाख ३७ हजार ८५ नगद लाभांश पारित भएको मितिले पाँच वर्ष बितिसके पश्चात पनि लाभांश लिन […]

सम्बन्धित सामग्री

नेप्सेमा सुचिकृत २२ कम्पनीको साधारणसभा आज हुदै (सूचीसहित)

पुस महिनाको अन्तिम दिन आज ३० गते शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २२ कम्पनीले साधारणसभा गर्दै छन् । आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गरि सक्नु पर्ने प्रावधानको कारण पुस अन्तिम साताको लागि धेरै कम्पनीले साधारणसभा आह्वान गरेका छन् ।आज खानी खोला हाइड्रो, छ्याङदी हाइड्रो, कालिका पावर, सेन्चुरी कर्मर्शियल बैंक, मैलुङ खोला हाइड्रो, मल्टीपर्पस फाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, सिभिल बैंक, जनउत्थान सामुदायिक लघुवित्त, हिमालयन पावर पार्टनर, हिमालयन बैंक, सानिमा जनरल इन्स्योरेन्स, नबिल बैंक, रिलायन्स फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, आरएमडिसी लघुवित्त, कालिका लघुवित्त , आँधीखोला लघुवित्त, सिद्धार्थ बैंक, र सेन्ट्रल फाइनान्सले सभा गर्न लागेका हुन् ।कतिपय कम्पनीले आफ्नो साधारणसभा भर्चुअल रुपमा गर्नेछन् । सरकारले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने निर्देशन दिएपछि कम्पनीहरुले भर्चुअल साधारणसभाको बाटो रोजेका हुन्  । यस अघि हिजो पुस २९ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत १५ वटा कम्पनीले साधारणसभा गरेका थिए । हिजो चन्द्रागिरी हिल्स, कृषि विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, मिथिला लघुवित्त, बरुण हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, सामुदायिक लघुवित्त, मिर्मिरे लघुवित्त, गुडविल फाइनान्स, माउन्टेन हाइड्रो, मानुषी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, मन्जुश्री फाइनान्स, एनसीसी बैंक , र नारायणी  डेभलपमेन्ट बैंकले साधारणसभा गरेका थिए ।  नेप्सेमा सुचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंक र नेप्से आफैले पनि हिजो साधारणसभा गरेको थियो ।

बुटवल पावर कम्पनी र समृद्धि फाइनान्सकोे शेयरमूल्य समायोजन

पुस ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार बुटवल पावर कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडकोे मूल्य समायोजन गरेको छ । नेप्सेले बुटवल पावर कम्पनीको बोनस शेयर तथा समृद्धि फाइनान्सको हकप्रद शेयरको मूल्य समायोजन गरेको हो ।  बुटवल पावर कम्पनीले लाभांश तथा समृद्धि फाइनान्सले हकप्रद शेयर प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बुटवल पावर कम्पनीको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४३८ दशमलव ७३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ४९२ को आधारमा शेयरमूल्य समायोजन भएको हो । बुटवल पावर कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने कम्पनीले निर्णय गरेको हो ।  सभा प्रयोजनका लागि आइतवार अर्थात् पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।   त्यस्तै, नेप्सेले समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयरको समायोजनपश्चात मूल्य रू. ३६१ दशमलव ३३ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता रू. ४९२ मा अन्तिम कारोबार भएको थियो ।  कम्पनीले २:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न मंसिर २९ गते नेपा धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४१ हजार रहेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

समृद्धि फाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

समृद्धि फाइनान्स Samriddhi Finance Company को हकप्रद सुरक्षित गर्ने आज पुस ८ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अब कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले  साउन १५ गते नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो ।वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।  कम्पनीले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

कहिलेसम्म कायम शेयरधनीले पाउँछन् समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद ?

समृद्धि फाइनान्स Samriddhi Finance Company ले हकप्रद निष्काशन प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेको हो ।यस संगै पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  अब कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले  साउन १५ गते नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो ।वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।  कम्पनीले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

समृद्धि फाइनान्सद्वारा शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

साउन ३१, काठमाडौं ।  समृद्धि फाइनान्स कम्पनीले शेयधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ ।  कम्पनीले  शेयरधनीलाई २०६४/ ६५ सम्म घोषणा भइ वितरण गर्न बाँकी लाभांश रू.१ लाख ३७ हजार ८५ नगद लाभांश पारित भएको मितिले पाँच वर्ष बितिसके पश्चात पनि लिन नआएकाले यथाशिघ्र लिन भनेको हो ।  कम्पनीले सूचना प्रकाशित भएको ३० दिनभित्र लाभांश पुर्जा बुझिलिई लाभांश रकम भुक्तानी लिनपनि भनेको छ ।कम्पनीले उक्त समयभित्र पनि लाभांश रकम नबुझेमा कम्पनी ऐन अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बताएको छ ।