एनआइबिएल प्रगति फण्ड र समृद्धि फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

साउन २८, काठमाडौं । एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड १ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ । ती दुबै फण्डलेसाउन २९ गते बुक क्लोज गरेकाले बिहीवारसम्म कायम इकाईधनीहरुले नगद लाभांश पाउनेछन् । एनआइबिएल प्रगति फण्डले इकाईधनीलाई ५० प्रतिशत नगद लाभांश करसहित वितरण गर्दैछ । त्यस्तै एनआइबिएल समृद्धि फण्ड १ ले ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको छ ।