साउन २१, काठमाडौं । एनआईबीएल म्युचुअल फण्डद्वारा सञ्चालित एनआईबीएल प्रगति फण्ड र एनआईबीएल समृद्धि फण्ड १ ले नगद लाभांश (प्रतिफल) वितरण प्रयोजनको लागि साउन २९ गते (एक दिन) बुक क्लोज गर्ने भएका छन् ।
एनआईबीएल प्रगति फन्डले ५० प्रतिशत नगद लाभांश (कर सहित) र एनआईबीएल समृद्धि फन्ड–१ ले ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । सोही प्रयोजनका लागि योजनाले बुक क्लोजको मिति तय गरेको हो ।
दुवै योजनाले बुक क्लोजको अघिल्लो दिन अर्थात् साउन २८ गतेसम्मका कायम शेयरधनी मात्र उक्त प्रतिफलको हकदार हुने समेत जानकारी दिएका छन् ।
नेप्सेमा बुधवार एनआईबीएल प्रगति फन्डको १८ रुपैयाँ १९ पैसा र एनआईबीएल समृद्धि फन्ड–१ को १६ रुपैयाँ ९ पैसामा अन्तिम कारोबार भएको छ ।