आन्तरिक रोजगारी कमजोर, विदेशिनेको संख्या बढ्दै

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७८।७९ लाई आन्तरिक रोजगारी सिर्जना गर्ने वर्षको रूपमा घोषणा गर्‍यो। सरकारले आन्तरिक रोजगारी प्रवर्धन गरेको बताउँदै आएको छ तर यता देशमा रोजगारीको अवसर नपाएर  छाना, नाना र खानाको जोहो गर्नका लागि विदेशिनेको संख्या ठूलो छ। सरकारले आन्तरिक रोजगारीको घोषणा गरेकै आर्थिक वर्षमा सबैभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांक छ। आर्थिक वर्ष २०७८।७९ मा ५ लाख ९० हजार नेपाली युवा रोजगारीको खोजीमा विभिन्न देश पुगेका छन्। यो संख्या पाँच वर्षय