काठमाडौं : विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण २ वर्षदेखि ठप्प जस्तै बनेको वैदेशिक रोजगारीमा यतिबेला चहलपहल देखिन थालेको छ। पहिलो र दोस्रो लहरको कोभिडको संकट कम भएसँगै विदेश जानेको संख्यामा वृद्धि भइरहेको छ। छाना,नाना र खानाको जोहो गर्नका लागि विदेशिने युवाहरूले भने पाइलैपिच्छे सास्ती भोग्न बाध्य भएका छन्। रोजगारीका खोजीमा विदेश जाने युवाहरूले निकै संघर्ष गर्नुपर्ने अवस्था छ। सो क्षेत्र सुधारका लागि निकै प्रयास गर्दा पनि सफल हु