पोखरा। गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त वक्तव्य जारी गर्दै प्रदेशसभा सदस्यहरूलाई धम्की र प्रलोभन दिने व्यक्ति तथा समूहलाई कानूनको कठघरामा ल्याई सभामुख र प्रदेशसभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरूको सुरक्षाको सुनिश्चितता गर्न माग गरिएको छ ।