लुम्बिनी प्रदेश सभाको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मंगलवार अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा विपक्षीबाट दर्ता गरिएको यो तेस्रो अविश्वासको प्रस्ताव हो ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लवकुमार पुन मगरले दिउँसो ३ः४५ बजे पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको लोकान्तरलाई जानकारी दिए ।
माओवादी केन्द्रका कूलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको सचिव पुनले जानकारी दिए । ३४ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ...