लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमवार प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले लोकान्तरलाई जानकारी दिए ।
तीन दलका ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम उल्लेख गरिएको छ ।
केसी अहिले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला र कानून मन्त्री छन् ।
८७ सांस...