काठमाडौं । प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । ओली पक्षका मण्डलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
प्रदेश संसदीय दलको विधान २०७५ अनुसार २५ प्रतिशत सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्न पाउँछन् । अहिले अविश्वासको प्रस्ताव दर्ता गरिएको र आइतबार बैठक बसेर हटाउने एक सांसदले बताए ।
प्रदेश २ मा नेकपाको ३२ जना प्रदेश सांसद रहेकामा प्रचण्ड–माधव पक्षले २० जना सांसद आफ्नो पक्षमा रहेको दावी गरेको छ ।
प्रदेश २ मा जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार छ । पार्टी एकतापूर्व तत्कालीन संघीय समाजवादी पार्टीलाई नेकपाले समर्थन गरेको थियो ।
प्रदेश संसदमा ओलीको कदमविरुद्ध उभिने शक्तिलाई राजमोले समर्थन गर्ने
सातमध्ये पाँचवटा प्रदेश सरकार डगमग, कुन प्रदेशमा कस्तो अवस्था ?