मकवानपुरका थप १० जना जनप्रतिनिधिहरुले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सोमबार दिउँसो प्रदेश निर्वाचन कार्यालय हेटौँडा पुगेर उनीहरूले समाजवादीका लागि सनाखत गरेका हुन् ।मकवानपुरको इन्द्र सरोबर गाउँपालिका अध्यक्ष जीवन लामा सहित विभिन्न स्थानीय तहका १० जना जनप्रतिनिधिले नेकपा एमाले त्यागेर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रोजेका छन् । त्यस्तै वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरूले नेकपा समाजवादी रोजेका हुन् ।सनाखत गर्ने जनप्रतिनिधिहरूमा इन्द्र सरोबर