दुई नम्बर प्रदेशको निर्वाचन परिणाम माओवादीका लागि सन्तोषजनक भए पनि सप्तरीमा भने माओवादी केन्द्रले हार बेहोरेको छ। सप्तरीको अठार स्थानीय तह मध्ये सत्र वटा स्थानीय तहको मतगणना भइरहेको छ। सातवटा स्थानीय तहको नतिजा पनि आइसकेको छ। नतिजा आउन बाँकी स्थानीय तहमा पनि माओवादीले जित्ने सम्भावना नरहेको माओवादी केन्द्रका सप्तरी संयोजक अशोककुमार मण्डलले सेतोपाटीलाई बताए ।…