किशोरीको सामूहिक आत्महत्या प्रकरण : कारण खोज्दै प्रहरी

झापाको कचनकवलमा आइतबार बिहान बयरको रुखमा झुण्डिएको अवस्थामा भेटिएका तीन किशोरीको ‘आत्महत्या’का सम्बन्धमा प्रहरीले कारण खोज्न थालेको छ । स्थानीय चिया बगानमा काम गर्ने तीन किशोरीले आइतबार बिहान सामूहिक आत्महत्या गरेका थिए । झापाको कचनकवल–५ पाठामारीका १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया शर्मिला गणेशले गत साउन ८ गते बिहान स्थानीय सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए । तीनै किशोरी सोही चिया बगानमा दैनिक ज्यालादारीमा काम गर्थे