नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँगको एकता कुनै तागतले रोक्न नसक्ने बताएका छन्। चितवनको चुनावी सभामा प्रचण्डले चुनावी चटारोका कारण पार्टी एकता पछाडि सरेको बताए। उनले निर्वाचनको मिति १० दिन मात्रै सारेको भए पार्टी एकता र निर्वाचन चिन्हबारे निर्णय लिने खुलासा गरे। 'दुवै पार्टीका केन्द्रीय समिति भंग गर्ने, महाधिवेशन आयोजक समिति…