औद्योगिक पूर्वाधारको विकासका लागि निफ्रा र सेजबीच सम्झौता

औद्योगिक पूर्वाधारमा लगानी, विकास, निर्माण तथा सञ्चालनका लागि नेपाल पूर्वाधार बैंक र विशेष आर्थिक क्षेत्र प्राधिकरणबीच सहमति भएको छ ।निजी क्षेत्रको सहभागिता वा सार्वजनिक निजी साझेदारीमार्फत् औद्योगिक पूर्वाधार निर्माणका लागि सहमति भएको हो । समझदारीपत्रमा ५ प्रकारका विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र […]

सम्बन्धित सामग्री

पोखरामा पर्यटकीय परियोजना अध्ययनमा निफ्रा र नगर विकास कोषले सघाउने

पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र नगर विकास कोष काठमाडौंले सघाउने भएका छन् । सम्भाव्यता अध्ययनका लागि महानगरपालिका, निफ्रा र कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।...

निफ्रा उर्जा ऋणपत्र धितोपत्र बजारमा सूचीकृत

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले मङ्सिर २९ गतेदेखि पुस १४ गतेसम्म विक्री गरेको उर्जा ऋणपत्र धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको छ । बैंकले सातवर्षे अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ नामको ऋणपत्र विक्रीपश्चात् पुस २१ गते बाँडफाँट गरेको थियो ।  बैंकले कुल २२ लाख ८९ हजार ८१३ कित्ता ऋणपत्र फागुन ११ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको हो । निफ्रायूआर ८५/८६ स्टक सिम्बोलमार्फत सूचीकृत बैंकको ऋणपत्र आइतवारदेखि कारोबारयोग्य हुनेछ । सात वर्षमा परिपक्व हुने यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्द्धवार्षिक र दोस्रो अर्द्धवार्षिक समाप्त भएपश्चात् कर कट्टा गरी भुक्तानी गरिने बैंकको भनाइ छ ।

निफ्राले खोज्‍यो ५ अर्ब ऋण, ७ वर्षमा तिर्ने ७ प्रतिशत ब्याज दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ऊर्जामा लगानी गर्न ५ अर्बको ऋणपत्र जारी गरेको छ ।

निफ्रा सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार ३ कम्पनीको गरि २ करोड ४० लाख कित्ता बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा निफ्रा, सिभिल बैंक र शाइन रेसुंगाको गरि कुल २ करोड ४० लाख ४७ हजार २ सय ८१ दशमलव ४७२५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज सिभिल बैंकको ५ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय ३० दशमलव ४२ कित्ता बोनस शेयर, निफ्राको ८ प्रतिशतले हुन आउने १ करोड ६० लाख कित्ता बोनस शेयर र शाइन रेसुंगाको १०.९३ प्रतिशतले हुन आउने ३७ लाख २५ हजार ४ सय ५१ दशमलव ०५२५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

निफ्रा बैंकले प्रस्ताव गरेको लाभांश परिमार्जन

काठमाडौं, २५ असोज । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको जनाएको छ । बैंकले ०७७/ ७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८ दशमलव ५ प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले १ अर्ब ८० करोड बराबरको […]

सेज र निफ्रा बीच समझदारी पत्रमा हस्ताक्षर

असोज १८, काठमाडौं । सार्वजनिक निजी साझेदारी (सानिसा) मार्फत औद्योगिक पूर्वाधारमा लगानी, विकास, निर्माण तथा सञ्चालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवर्द्धनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) बीच सोमवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारीपत्रको मुल उद्देश्य पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र आर्थिक प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र  विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, बैंकको अगुवाइमा स्वपूँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको बताइएको छ ।  उक्त सम्झौतामा सेजको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र निफ्राको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन् ।उक्त अवसरमा उद्योग सचिव अर्जुन प्रसाद पोखरेल तथा निफ्राका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

घट्यो निफ्राको नाफा, कस्तो छ वित्तीय अवस्था?

एक मात्रै पूर्वाधार विकास बैंक (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

अन्तरदेशीय विद्युत् व्यापारमा हात हाल्दै निफ्रा बैंक

–प्रतिस्पर्धी बन्न रोकेका छैनौ : ऊर्जा मन्त्रालय–स्वागतयोग्य तर भेदभाव गरियो : निजी क्षेत्र–हामीलाई पन्छाएर निजीलाई पोस्न खोजियो : प्राधिकरण केही महिनाअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र ऊर्जा मन्त्री टोपबहादुर रायमाझी समक्ष विद्युत् व्यापार सम्बन्धी प्रस्तुतीकरण दिए ।बढ्दो विद्युत् उत्पादनसँगै […]

अबदेखि निफ्रा ‘आरटिजिएस’ प्रणालीमा

काठमाडौं, ३ बैशाख । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) लाई रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम ‘आरटिजिएस’ प्रणालीमा आवद्व गरेको छ । अबदेखि निफ्रामा भएको भुक्तानी रियल टाइममा राफसाफ देखिने बैंकले जनाएको छ । यो नयाँ प्रविधिको विकास हुनुपहिला चेक क्लियरिङ मार्फत गर्नुपर्ने हुँदा २ दिन लाग्नेमा अब भने पैसाको नगद बिना नै भुक्तानी […]

निफ्राको सेयर मूल्य १० प्रतिशतले घट्यो, किन्ने कोही छैनन्

हिजोसम्म निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मूल्य मंगलबार १० प्रतिशतले घटेको छ।