सेज र निफ्रा बीच समझदारी पत्रमा हस्ताक्षर

असोज १८, काठमाडौं । सार्वजनिक निजी साझेदारी (सानिसा) मार्फत औद्योगिक पूर्वाधारमा लगानी, विकास, निर्माण तथा सञ्चालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवर्द्धनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) बीच सोमवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारीपत्रको मुल उद्देश्य पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र आर्थिक प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र  विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, बैंकको अगुवाइमा स्वपूँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको बताइएको छ ।  उक्त सम्झौतामा सेजको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र निफ्राको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन् ।उक्त अवसरमा उद्योग सचिव अर्जुन प्रसाद पोखरेल तथा निफ्राका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित सामग्री

पोखराको पर्यटकीय सम्भावना अध्ययन गरिँदै

कास्की । पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि बुधबार पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काठमाडौँबीच समझदारी पत्रमा हस्ताक्षर भएको महानगरका वरिष्ठ प्रशासकीय अधिकृत किरणप्रसाद कोइरालाले जानकारी दिए ।

पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन गरिने

पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि बुधबार पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काठमाडौँबीच समझदारी पत्रमा हस्ताक्षर भएको महानगरका वरिष्ठ प्रशासकीय अधिकृत किरणप्रसाद कोइरालाले जानकारी दिनुभयो । समझदारीपत्रमा महानगर प्रमुख धनराज आचार्य, कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण […]

सिमरा सेजमा निफ्राले लगानी गर्ने

२० चैत, काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल इन्फ्रास्टक्चर विकास बैंक (निफ्रा) बीच लगानीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सेजका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार समझदारी पछि अब क्रमबद्ध रुपमा बाराको सिमारामा निफ्राले ५ अर्ब रुपैयाँ लगानी गर्नेछ भने पाँचखालमा नयाँ विशेष आर्थिक क्षेत्र निर्माण गर्न विदेशी बहुराष्ट्रिय कम्पनीबाट लगानी जुटाउने […]

स्मार्टसिटी निर्माणका लागि समझदारी

काठमाडौं (नेस) । सरकारले काभ्रेको पाँचखालमा निर्माण गर्ने भनिएको स्मार्ट सिटी निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ (एसजे)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिमजहाँ फहिमले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको हो । समझदारी पत्रअनुसार एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न […]

पाँचखाल स्मार्ट सिटी बनाउन निफ्राको सम्झौता

पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा निफ्राका उच्च व्यवस्थापन अधिकारी र एसएमईसी इन्टरनेशनलका पदाधिकारी […]

पाँचखालमा स्मार्ट सिटी बन्दै, इन्फ्रा बैंक र सिंगापुरको कम्पनीबीच समझदारी

पाँचखालमा स्मार्ट सिटी विकास गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू)मा मंगलबार काठमाडौंमा हस्ताक्षर भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ (एसजे) समूहको एसएमइसी इन्टरनेसनल प्राइभेट लिमिटेड (एसएमइसी)बीच समझदारी भएको हो ।...

पाँचखाललाई स्मार्ट सिटी बनाइने

काठमाडौँ– पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्नका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुर स्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेड (स्मेक) बीच आज एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  निफ्राका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा र एसएमईसीका क…

सेज र निफ्राबीच समझदारी

काठमाडौं असोज १८ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले विशेष आर्थिक क्षेत्रको प्रवद्र्धनमा सघाउने भएको छ । औद्योगिक पूर्वाधारमा लगानी, सोको विकास, निर्माण तथा संचालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवर्द्धनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र […]

प्रदेश १ को लगानी प्राधिकरण र निफ्राबीच समझदारी, विभिन्न परियोजना अघि बढ्दै

काठमाण्डौ – प्रदेश नम्बर १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच विभिन्न परियोजना अघि बढाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझादारी पत्रमा प्राधिकरणका तर्फबाट निर्देशक डाक्टर सरोज कोइराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको छ । सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा वित्तीय तथा प्राविधिक सहकार्य त...