जसको आँखैअघि हिमपहिरोले लाङटाङ पुर्यो - Naya Patrika
रसुवाको लाङटाङ कुनै वेला चर्चित पर्यटकीय गाउँ थियो । तर, १२ वैशाख ०७२ को भूकम्पसँगै आएको हिमपहिरोले पूरै गाउँ पुरिएपछि लाङटाङ उजाड बन्यो । मानवबस्ती नै विस्थापित भयो । त्यो...पूरा पढ्नुहोस् »
रसुवा - शुक्रवार हुने स्थानीय चुनावको लागि दुई दिनको पैदलयात्रापछि मतदान अधिकृतको टोली लाङटाङ पुगेकाे छ । लाङटाङ क्षेत्रमा मतदान गराउनका लागि मतदान अधिकृतसहितको ४ जनाको टोली हिजाे बेलुकी ७ बजे लाङटाङ पुगेको हो ।
आइतवार बिहानै प्रस्थान गरेको टोली त्यो दिन लामा होटल भन्ने ठाउँमा बसेको थियो । गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेकाे सामुदायिक भवनमा मतदान केन्द्र राखिएको छ । यस केन्द्रमा ३ सय ६३ मतदाता रहेका छन् ।
मुख्य निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रका लागि मतदान अधिकृत गोप...
हामी फर्केपछि लाङटाङ खोलाको पानी त्रिशुलीमा मिस्सिएर हिजोआज त खोज्दै होला, समुन्द्रको कुनै कुनामा आफ्नै नामको लालपुर्जा। एक बर्खा र एक हिउँद, क्यालेन्डरबाट निस्केर खै कता पो पुगे। तर, रौँ जति पनि हलचल भएका छैनन् लाङटाङ यात्राका अमर सम्झनाहरू।२०७७ फागुनको अन्तिम साता, कोभिडले (पहिलो लहर) आफ्नो लय बिर्सँदै थियो। हामीले गुमेको स्वतन्त्रता फिर्ता लिदैँ थियौँ। 'चिलाइरहने पैतालामा किला गाडेर बस्नुपर्ने समयको अन्त्य भयो', मनले सोच्यो। उही २०७७ साल दशैँ अगाडि सरुवा भएर नुवाकोट पुगेँ
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन सामग्रीसहित मतदान अधिकृतको टोली लाङटाङ प्रस्थान गरेका छन्। लाङटाङ क्षेत्रमा मतदान गराउनका लागि हिँडेर जानुपर्ने भएकाले टोली आइतबार बिहानै निर्वाचन सामग्रीसहित...
१२ वैशाख २०७९ । संयोग पनि कस्तो भने ७ वर्षपछि वैशाख १२ मै म फेरि लाङटाङ यात्रामा छु । साथमा छन्, नेदरल्यान्डका प्रोफेसर मार्क र श्रीमती मास्चा । २०७२ सालको यो त्यही दिन हो जुन दिन विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले लाङटाङ गाउँ पूरै बगाएको थियो । बगाएलगत्तै म लाङटाङ गएको थिएँ । त्यसपछि पटक पटक गइरहेँ र त्यो हिमालय र हिमाली माटोसँग यसरी जोडिएँ, किताबका पानाहरूझैँ पल्टिरहन्छन् पलपल– जहाँ जति आँशु छन्, त्यसभन्न्दा बढी मुस्कान । तिनै आँशु र मुस्कानका पाना रातोपाटीमार्फत सबैसँग बाँड्न चाहन्छु
नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज लाङटाङ राष्ट्रिय निकुञ्जले केक काटेर ४६ औं वार्षिकोत्सव मनाएको छ । निकुञ्जले बुधबार सदरमुकाम धुन्चेमा कार्यक्रम आयोजना गरी केक काटेर कार्यालयको वार्षिक उत्सव मनाइएको हो । मुख्य प्रजातिको अवस्था सुधार स्वस्थ वातावरण तथा समृद्धिको आधार भन्ने नाराका साथ वार्षिक उत्सव मनाइएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए । निकुञ्जले जंगली जनावरबाट क्षति पुगेका किसानहरूलाई राहतस्वरूप रकम वितरण गर्नुका साथै संरक्षणको
रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आक्रमणबाट क्षति पुगेकाहरुलाई राहत दिएको छ । वन्यजन्तुको आक्रमणबाट घाइते भएका मानिस तथा चौपाया र बालीनालीको क्षति ब्यहोरेका स्थानीयलाई निकुञ्जले राहत रकम प्रदान गरेको हो । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत भूपेन्द्र यादवका अनुसार गत आर्थिक वर्षको साउनदेखि हालसम्म जम्मा ४८ लाख १६ हजार ६ सय […]
काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र विद्युत् उत्पादन गर्न दिने केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । संरक्षित क्षेत्र निकुञ्ज क्षेत्रमा निजी क्षेत्रको व्यापारिक कम्पनी यति समूहलाई तत्कालीन ओली सरकारले गत १३ जेठमा जलविद्युत् बनाउन दिने निर्णय गरेको थियो । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको […]
The post लाङटाङ निकुञ्ज मुद्धाकाे सुनुवाइ अब पूर्ण इजलासमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित ब्रावल भीर पाखामा आज बिहानदेखि लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीयवासी जुटिरहेका छन् ।भीर, पाखो, झाडी तथा बुट्यान भएका कारण डढेलो नियन्त्रणमा समस्या परिरहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । डढेलो पासाङ ल्हामु मार्गभन्दा माथि जानबाट रोक्न सेनाले
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा बालुवा तस्करी बढेको छ । निकुञ्ज क्षेत्रभित्र पर्ने कालिका गाउँपालिका १ बान्द्रेस्थित त्रिशूली खोला बगरबाट तस्करी बढेको निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तेम्पानुर्पु तामाङले जानकारी दिए ।...