लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा डढेलो

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित ब्रावल भीर पाखामा आज बिहानदेखि लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीयवासी जुटिरहेका छन् ।भीर, पाखो, झाडी तथा बुट्यान भएका कारण डढेलो नियन्त्रणमा समस्या परिरहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । डढेलो पासाङ ल्हामु मार्गभन्दा माथि जानबाट रोक्न सेनाले

सम्बन्धित सामग्री

यतीलाई लाङटाङ ‘सुम्पने’ ओली सरकारको निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौँ – सर्वोच्च अदालतले लाङटाङ राष्ट्रिय निकुञ्ज ‘यती वर्ल्ड इन्भेष्टमेन्ट कम्पनी प्रालि’लाई सुम्पने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयलाई सदर गरेको छ। २०७८ जेठ १३ गते प्रेम आले वन तथा वातावरण मन्त्री भएका बेला ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले ‘संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरु निर्माण एवं सञ्चालन सम्बन्धी कार्यनीति, २०६५’ लाई संशोधन गर्दै यतीलाई लाङटाङ निकुञ्जभित्र […]

रसुवाको धार्मिक मार्गमा रेडपाण्डा

संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जङ्गलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।...

फोहोर बढेपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा एक हप्तासम्म सरसफाइ

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक हप्तासम्म निरन्तर सरसफाइ गरिएको छ । निकुञ्ज क्षेत्रमा पर्यटकीय स्थलहरूको संख्या धेरै रहेको र फोहोरका कारण नकारात्मक सन्देश जाने भएकाले सरसफाइ गरिएको हो ।  २७ औं वन्यजन्तु दिवसको अवसरमा बैशाख १ गतेदेखि ७ गतेसम्म सरसफाई कार्यक्रम गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । निकुञ्जका अनुसार बैशाख १ मा धुन्चे गाेसाइकुण्ड पदमार्ग, बैशाख २ मा हेलम्बु क्षेत्र, बैशाख ३ मा शिखरबेसी रेञ्जपोष्ट, बैशाख ४ मा कालिकास्थान रेञ्जपोष्ट, बैशाख ५ मा स्याफ्रुबेसी ...

लाङटाङ राष्ट्रिय निकुञ्जबाट राहत वितरण

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आक्रमणबाट क्षति पुगेकाहरुलाई राहत दिएको छ । वन्यजन्तुको आक्रमणबाट घाइते भएका मानिस तथा चौपाया र बालीनालीको क्षति ब्यहोरेका स्थानीयलाई निकुञ्जले राहत रकम प्रदान गरेको हो । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत भूपेन्द्र यादवका अनुसार गत आर्थिक वर्षको साउनदेखि हालसम्म जम्मा ४८ लाख १६ हजार ६ सय […]

लाङटाङमा पदमार्ग मर्मतमा विवाद, अनुमति नलिएको निकुञ्जको दावी

१६ भदौ, काठमाडौं । सुन्दरीजल–गोसाइकुण्ड पदमार्ग अन्तर्गत लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने ठाडोपाटीदेखि सूर्यकुण्डसम्मको पदमार्ग मर्मतमा विवाद भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र लाङटाङ राष्ट्रिय निकुञ्जसँग अनुमति नलिई वाग्मती प्रदेश सरकारको बजेटमा ठेक्का सम्झौता भएपछि विवाद भएको हो । ठाडेपाटीदेखि सूर्यकुण्डसम्मको १४ किलोमिटर पदमार्गमा सिँढी, रेलिङ र ठाउँठाउँमा प्रतीक्षालय बनाउन वाग्मती […]

लाङटाङ राष्ट्रिय निकुञ्जमा नौ महिनामा भित्रिए ३ हजार पर्यटक

रसुवा - लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रहरूमा नेपाली तथा विदेशी पर्यटकको आगमन घटेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण एक वर्षदेखि पर्यटकको आगमन बढ्न नसकेको हो ।  वार्षिक २० हजारभन्दा बढी पर्यटक आउने गरेकामा चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा ३ हजार १ सय ४१ पर्यटक आएका छन् । निकुञ्जले दिएको जानकारीअनुसार २०७७ साउनदेखि चैत मसान्तसम्ममा २ हजार ९ सय ४१ नेपाली, १ सय ८२ विदेशी र १८ जना सार्क राष्ट्रका पर्यटक आएका छन् । आएका  पर्यटक जिल्लाको गोसाइँकुण्ड, लाङटाङ लगायतका क्षेत्रमा ...

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटलहरूको आउँदो साउनमा टेन्डर हुने

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ। निकुञ्जले आउँदो साउनमा टेन्डर निकाल्ने गरी प्रक्रिया अघि बढाएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७४/७५ मा नै टेन्डर गर्ने ...

पदयात्राका लागि उत्कृष्ट लाङटाङ राष्ट्रिय निकुञ्ज

सरस्वती न्यौपाने, रसुवा । २०३२ साल चैत्र नौ गते स्थापना भएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रफलका आधारमा नेपालको दोस्रो ठुलो राष्ट्रिय निकुञ्ज रहेको छ । भौगोलिक विकटता अबैधानिक रुपमा निर्माण भएका विकासका पुर्वाधारहरु वन पैदावरको अबैध संकलन तथा ओसार पोसार वन्यजन्तुको चोरी शिकार तथा तिनका अङ्गहरुको अबैध ओसार पोसार सुख्खा मौसममा आगलागी तथा स्थानीय जनता र […]

लाङटाङ राष्ट्रिय निकुञ्ज  क्षेत्रमा बालुवा तस्करी

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा बालुवा तस्करी बढेको छ । निकुञ्ज क्षेत्रभित्र पर्ने कालिका गाउँपालिका १ बान्द्रेस्थित त्रिशूली खोला बगरबाट तस्करी बढेको निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तेम्पानुर्पु तामाङले जानकारी दिए ।...