होटल फोरेर लाङटाङ

हामी फर्केपछि लाङटाङ खोलाको पानी त्रिशुलीमा मिस्सिएर हिजोआज त खोज्दै होला, समुन्द्रको कुनै कुनामा आफ्नै नामको लालपुर्जा। एक बर्खा र एक  हिउँद, क्यालेन्डरबाट निस्केर खै कता पो पुगे। तर, रौँ जति पनि हलचल भएका छैनन् लाङटाङ यात्राका अमर सम्झनाहरू।२०७७ फागुनको अन्तिम साता, कोभिडले (पहिलो लहर) आफ्नो लय बिर्सँदै थियो। हामीले गुमेको स्वतन्त्रता फिर्ता लिदैँ थियौँ। 'चिलाइरहने पैतालामा किला गाडेर बस्नुपर्ने समयको अन्त्य भयो', मनले सोच्यो। उही २०७७  साल दशैँ अगाडि सरुवा भएर नुवाकोट पुगेँ

सम्बन्धित सामग्री

गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको पदयात्रामा बढे पर्यटक

रसुवा, असोज ३१। शरद् ऋतुको आगमनसँगै रसुवाको हिमाली पद यात्रामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात् फाट्टफुट रूपले देखिने पर्यटक पछिल्लो समय सरदरमा दैनिक ५० भन्दा बढी आगमन भएपश्चात् वृद्धिको आभास हुनथालेको हो । कोरोनाले धरासायी बनेका हिमाली क्षेत्रका होटल तथा लज चलायमान हुन थालेको र आगन्तुक […]

रसुवाको क्यान्जिनका मतदाताले मतदान गर्न डेढ घण्टा हिँड्नुपर्ने

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङस्थित क्यान्जिनका मतदाताले डेढ घण्टाको पैदल हिँडेर मतदान गर्ने भएका छन् । क्यान्जिनबाट लाङटाङ पुग्न दुई घण्टा लाग्छ । लाङटाङस्थित मुन्डुप सामुदायिक केन्द्रमा मतदान केन्द्र तोकिएको छ ।क्यान्जिनमा ४५ घरधुरी रहेका छन् । त्यहाँका अधिकांशले होटल व्यवसाय गरेका छन् । क्यान्जिनमा करिब ७० जना मतदाता रहेका छन् । निर्वाचनको दिन होटल बन्द गरेर त्यस क्षेत्रका नागरिक मतदान गर्ने भएका छन् । क्यान्जिनका ग्याल्बो तामाङले २०४९ सालपछिका निर्वाचनमा मतदान गर्दै आएका छन् । उनले सबै निर्

दुई दिनको पैदलयात्रापछि मतदान अधिकृतको टोली लाङटाङ पुग्याे

रसुवा - शुक्रवार हुने स्थानीय चुनावको लागि दुई दिनको पैदलयात्रापछि मतदान अधिकृतको टोली लाङटाङ पुगेकाे छ । लाङटाङ क्षेत्रमा मतदान गराउनका लागि मतदान अधिकृतसहितको ४ जनाको टोली हिजाे बेलुकी ७ बजे लाङटाङ पुगेको हो ।  आइतवार बिहानै प्रस्थान गरेको टोली त्यो दिन लामा होटल भन्ने ठाउँमा बसेको थियो । गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेकाे सामुदायिक भवनमा मतदान केन्द्र राखिएको छ । यस केन्द्रमा ३ सय ६३ मतदाता रहेका छन् ।  मुख्य निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रका लागि मतदान अधिकृत गोप...

लाङटाङ र गोसाइँकुण्ड क्षेत्रको पदमार्गमा बढ्दै पर्यटक

रसुवा । पछिल्लो समय रसुवाको हिमाली क्षेत्रमा पदयात्रा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । कोभिड–१९ संक्रमण घटेसँगै लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा पदयात्रा गर्न पर्यटक आउन थालेका हुन् । होटल व्यवसाय संघ रसुवाका अध्यक्ष रामशरण गजुरेलका अनुसार दैनिक २०–२५ आन्तरिक र बाह्य पर्यटक गोसाइँकुण्ड पदयात्रा गर्न आउन थालेका छन् । पर्यटनको आगमनसँगै यहाँको होटल व्यवसाय चलायमान भएको छ । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म ११ हजार ६१८ जना आन्तरिक र बाह्य पर्यटकले लाटाङ राष्ट्रिय निकुञ्जस्थित गोसाइँकुण्ड र लाङटाङको भ्रमण गरेका छन् । वसन्त र ग्रीष्म ऋतुमा पर्यटकको आगमन उल्लेख्य बढ्ने विगतको तथ्यांकले देखाएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । चालू आर्थिक वर्षको यस अवधिमा १० हजार ५०३ जना आन्तरिक, ११२ जना सार्क राष्ट्रका तथा १ हजार तीन जना अन्य देशका पर्यटकले भ्रमण गरेका छन् ।  रासस

सिजन सुरु भएसँगै पर्यटकीय क्षेत्रहरूमा पर्यटक भित्रन थाले

रसुवा – पर्यटकीय सिजन सुरु भएसँगै रसुवाका पर्यटकीय क्षेत्रहरूमा पर्यटक भित्रने क्रम सुरु भएको छ । जिल्लाको गोसाइँकुण्ड, लाङटाङ लगायतका क्षेत्रमा दैनिक २ सय ५० जनाको हाराहारीमा पर्यटक गइरहेका छन् । आएका पर्यटकमध्ये धेरैजसो नेपाली छन् । थोरै संख्यामा विदेशी पर्यटक पनि आएका छन् । पर्यटक आउन थालेपछि होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । जिल्ला भित्रिएका पर्यटकहरू गोसाइँकुण्ड तथा लाङटाङ गइरहेका होटल तथा पर्यटन व्यवसायी संघ रसुवाले जनाएको छ । विश्वव्यापी फैलिएको कोराेनाका कारण लामो समय पर्यटन तथा होटल व्यवसाय स...

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटलहरूको आउँदो साउनमा टेन्डर हुने

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ। निकुञ्जले आउँदो साउनमा टेन्डर निकाल्ने गरी प्रक्रिया अघि बढाएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७४/७५ मा नै टेन्डर गर्ने ...

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल सञ्चालन

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आएका हुन्।

लाङटाङ पदमार्गका हाेटल भाेलिदेखि सञ्चालनमा आउने

रसुवा – लाङटाङ पदमार्गमा रहेका होटल आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । रसुवामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेकोले लाङटाङ पदमार्गमा रहेका होटल, लज तथा चिया पसल सञ्चालनमा आउन लागेको हो ।  रसुवामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका ४ को होटल व्यवसाय समितिको आग्रहमा गएको कात्तिक १८...

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आउने

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आउन लागेका हुन्।