दुई दिनको पैदलयात्रापछि मतदान अधिकृतको टोली लाङटाङ पुग्याे

रसुवा - शुक्रवार हुने स्थानीय चुनावको लागि दुई दिनको पैदलयात्रापछि मतदान अधिकृतको टोली लाङटाङ पुगेकाे छ । लाङटाङ क्षेत्रमा मतदान गराउनका लागि मतदान अधिकृतसहितको ४ जनाको टोली हिजाे बेलुकी ७ बजे लाङटाङ पुगेको हो ।  आइतवार बिहानै प्रस्थान गरेको टोली त्यो दिन लामा होटल भन्ने ठाउँमा बसेको थियो । गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेकाे सामुदायिक भवनमा मतदान केन्द्र राखिएको छ । यस केन्द्रमा ३ सय ६३ मतदाता रहेका छन् ।  मुख्य निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रका लागि मतदान अधिकृत गोप...

सम्बन्धित सामग्री

चौध सय मिटर बन्यो बन्दीपुर मिनी ग्रेटवाल

तनहुँ । बन्दीपुरमा निर्माण भइरहेको बन्दीपुर मिनी ग्रेटवालको निर्माण एक हजार ४०० मिटर पूरा भएको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडासम्मको चार किलोमिटरमध्ये हालसम्म उक्त दूरीको कार्य पूरा भएको हो । चीनको ग्रेटवालको झल्को दिने गरी ‘बन्दीपुर मिनी ग्रेटवाल’ नाम दिइएको मणिमुकुन्देश्वरी पर्खाल निर्माणमा रू. एक करोडको काम भइसकेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । ‘हालै रू. पाँच करोडको बोलपत्र परेको छ,’ उनले भने, ‘आधुनिक पदमार्ग बन्दीपुर बजारबाट शुरू भई थानीमाई, समिभञ्ज्याङ हुँदै मुकुन्देश्वरी गढी जोड्ने योजना छ ।’ ‘थानीमाई मुकुन्देश्वरी पर्यटकीय पदमार्ग’ नामकरण गरी थालिएको पदमार्गको चौडाइ चार मिटर र पर्खालको उचाइ दुई फिट रहेको छ । मिनी ग्रेटवाल निर्माणपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको छ । अन्य दिनको तुलनामा शुक्रवार र शनिवारका दिन पर्यटकको बाक्लो भीड लाग्ने गरेको अध्यक्ष थापाले बताए । पछिल्लो समय बाह्य पर्यटकको समेत चहलपहल बढ्न थालेको छ । यसको निर्माणका लागि डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा हेर्न सकिन्छ । पश्चिमको धवलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङटाङ, हिमशृङ्खलाका सयौं चुचुरा बन्दीपुरबाट सजिलै देख्न सकिन्छ । रासस

लाङटाङमा स्वास्थ्यकर्मी परिचालन

सदरमुकाम धुञ्चेदेखि दुई दिनको पैदलमार्ग भएको र भारी वर्षा भइरहेका कारण आज बिहानसम्म स्वास्थ्यकर्मी लाङटाङ पुगी रोगको पहिचान एवं उपचार कार्य अगाडि बढाउने बताइएको छ।