१२ वैशाख २०७९ । संयोग पनि कस्तो भने ७ वर्षपछि वैशाख १२ मै म फेरि लाङटाङ यात्रामा छु । साथमा छन्, नेदरल्यान्डका प्रोफेसर मार्क र श्रीमती मास्चा । २०७२ सालको यो त्यही दिन हो जुन दिन विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले लाङटाङ गाउँ पूरै बगाएको थियो । बगाएलगत्तै म लाङटाङ गएको थिएँ । त्यसपछि पटक पटक गइरहेँ र त्यो हिमालय र हिमाली माटोसँग यसरी जोडिएँ, किताबका पानाहरूझैँ पल्टिरहन्छन् पलपल– जहाँ जति आँशु छन्, त्यसभन्न्दा बढी मुस्कान । तिनै आँशु र मुस्कानका पाना रातोपाटीमार्फत सबैसँग बाँड्न चाहन्छु