काठमाण्डौको फोहोर भोलिदेखि उठ्ने, पायक पर्ने ठाउँमा लगेर राख्न महानगरको अनुरोध

काठमाण्डाै – केही दिनदेखि रोकिएको फोहोर काठमाण्डौ महानगरपालिकाले भोलिदेखि उठाउने भएको छ । महानगरपालिकाले आज एक सूचना निकालेर भोलि बिहान ६ बजेदेखि फोहोर उठाउन सुरु गरिने भएकाले पायक पर्ने ठाउँमा फोहोर संकलन गरेर राख्न अनुरोध गरेको छ । बञ्चरेडाँडासम्म फोहोर लैजाने  सडक निर्माणको काम आजसम्ममा सकिने भएकाले भोलिदेखि फोहोर उठाउन सुरु गरिने महानगरपालिकाले जनाएको छ । केही दिनअघि महानगरले एक हप्तासम्म फोहोर नउठ्ने जानकारी गराएको थियो । आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्थापन गरी चोक, स...

सम्बन्धित सामग्री

आन्दोलन र सहमतिमा रुमल्लिएको काठमाण्डौको फोहोर व्यवस्थापन

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का नवराज न्यौपानेको घर फोहोर फाल्ने गरिएको बञ्चरेडाँडाको करिब एकसय मिटर नजिकै छ । न्यौपानेका अनुसार फोहोर फालेपछि अहिले खोलामा लिच्चड बगेर पूरा कालो भएको छ । खोला चिनिँदैन । अलकत्रा बगे जस्तो कालो छ पानी । पानीको अभाव छ । पानीको अभाव भएका कारण चराउन लगेका बाख्रापाठाले त्यहाँको खोलाको पानी खान्छन् ।  चर्न गएका बाख्रापाठा पानी खाएपछि कतिपय त्यहीँ मर्छन् ।  ‘बिहान ढोका खोल्ने बित्तिकै माहुरी जस्तै हरिया झिंगा आउँछन् । मकै बारीमा मकैका पातभन्दा धेरै झिंगा छ...

फोहोर व्यवस्थापनका लागि दबाब दिन बालुवाटारमा धर्ना (तस्वीर)

साउन ३१, काठमाडौं । स्वतन्त्र उम्मेदवारी अभियानका अभियान्ताहरुले काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारलाई दबाब दिन प्रधानमन्त्री निवास वालुवाटार पुगेर विरोध गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने र प्रधानमन्त्री निवास बाहिर धर्ना दिन उनीहरु वालुवाटार पुगेका थिए । काठमाण्डौको फोहोर बन्चरेडाँडामा बिसर्जन गराउन खोज्दा काठमाण्डौ महानगरपालिकालाई अवरोध गरिएकोमा उनीहरुले आपत्ति जनाएका छन् […]

फोहोर ब्यवस्थापनका लागि सरकारले बन्चरेडाँडामा फेरी पठायो प्रहरी

सरकारले काठमाण्डौको फोहोर ब्यवस्थापन गर्न फेरी प्रहरी परिचालन गरेको छ। काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई सत्तारुढ दलकै प्रतिनिधिहरुले अवरोध गरेपछि प्रहरी परिचालन गरिएको हो। बन्चरेडाँडामा सरकारले सयौंको संख्यामा प्रहरी परिचालन गरेको छ। ...

काठमाण्डौको फोहोर बोकेर बन्चरे डाँडा हिडेका गाडी बाटोमै रोकिए

काठमाडौं महानगरपालिकाको होहोर विसर्जन गर्न बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई अवरोध गरिएको छ। सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकेका छन् । आईतवार धादिङको धुनिबेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर ...

काठमाण्डौको फोहर व्यवस्थापनमा फेरि देखियो समस्या

काठमाडौं।नेपालमा थप १२१ जनामा कोरोना पुष्टि हुँदा ३ जना निको भएका छन्।चितवनमा बस मर्मत गर्ने क्रममा किचि एर १ जनाको मृत्यु हुन पुगेको छ।बञ्चरे डाँडामा जाने सडक पानी परेका कारण बिग्रिएपछि काठमाण्डौको फोहोर व्यवस्थापनमा फेरि समस्या आएको छ। मकवानपुरमा राजस्व नबुझाउने ५ वटा क्रसर उद्योगमा तालाबन्दी गरिएको छ र साउनको पहिलो साता एन्फा कार्यसमिति बैठक बस्ने निर्णय भएको छ।

फोहोरको दलदलमा दलको संकथन : स्वतन्त्रले सक्दैनन्

फोहोरबाट मोहोर मात्रै होइन, त्यो फोहोरमा राजनीतिको रोटी पनि पाक्छ । यसको पछिल्लो उदाहरण बनाइँदैछन् काठमाण्डौको फोहोर तह लगाउन कस्सिएका युवा मेयर बालेन्द्र साह र दलभन्दा परका साच्चिँकै स्वतन्त्र व्यक्तिले सक्दैनन् भन्ने संकथन निर्माणमा दत्तचित्त राजनीतिक दलका माहिर खेलाडी । स्वतन्त्रले सक्दैनन् भन्ने संकथन निर्माणमा फोहोर तह लगाउने सहमतिमा सही गर्ने ककनीका माओवादी र धुनीबेसीका मेयरदेखि लिएर कांग्रेस सांसद गगन थापासम्म सबै सामेल भएका देखिन्छन् । काठमाण्डौको सडकमा अहिले मात्रै होइन, पहिले पनि यसैगरी फोहोरको डङ्गुर लाग्थ्यो । मान्...

बालेन प्रभावः काठमाण्डौंको फोहोर प्रहरीको सुरक्षामा वन्चरे डाँडा लगियो

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित जस्तै भएपछि काठमाण्डौको फोहोर प्रहरी लगाएर ब्यवस्थापन गर्न थालिएको छ। काठमाडौं उपत्यकाको फोहोर धादिङको धुनिबेंसीस्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन सुरु भएको हो ...

काठमाण्डौको फोहोर उठाइसक्न अझै एक हप्ता लाग्ने

काठमाण्डौ – फोहोर थुपार्ने ठाउँमा भएको अवरोधका कारण काठमाण्डौ उपत्यकाको सडक, चोक र गल्लीहरुमा फोहोर थुप्रिएको छ ।  एक हप्ता भन्दा बढी समयदेखि थुप्रिएको फोहोर कुहिँदा दुर्गन्ध बढेर हिंडडुल गर्न समेत समस्या भएको छ । विभिन्न चोकहरु फोहोरको दुर्गन्धका कारण केहीबेर गाडी कुर्न पनि समस्या भएको छ । पैदलयात्री तथा व्यवसाय गर्नेहरुले पनि उस्तै समस्या झेलिरहेका छन् ।  काठमाण्डौ महानगरपालिकाले समस्या समाधान नहुन्जेल कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि सडकमा ननिकाल्न आग्रह गरेको भएपनि सडकमा फ...