नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का नवराज न्यौपानेको घर फोहोर फाल्ने गरिएको बञ्चरेडाँडाको करिब एकसय मिटर नजिकै छ । न्यौपानेका अनुसार फोहोर फालेपछि अहिले खोलामा लिच्चड बगेर पूरा कालो भएको छ । खोला चिनिँदैन । अलकत्रा बगे जस्तो कालो छ पानी । पानीको अभाव छ । पानीको अभाव भएका कारण चराउन लगेका बाख्रापाठाले त्यहाँको खोलाको पानी खान्छन् । चर्न गएका बाख्रापाठा पानी खाएपछि कतिपय त्यहीँ मर्छन् ।
‘बिहान ढोका खोल्ने बित्तिकै माहुरी जस्तै हरिया झिंगा आउँछन् । मकै बारीमा मकैका पातभन्दा धेरै झिंगा छ...