सडक विभागका महानिर्देशकलाई प्रधानमन्त्रीको फोन : ‘सिसडोल जाने बाटो तुरुन्तै मर्मत गर्नू’

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डौ उपत्यकाको फोहर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो तत्कालै मर्मत गर्न सडक विभागलाई निर्देशन दिनुभएको छ ।काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितको टोली समस्या समाधानको पहल गरिदिन माग गर्दै आज साेमवार प्रधानमन्त्रीलाई भेट्न गएको थियो । भेटमा प्रधानमन्त्री देउवाले काठमाण्डौको फोहोर व्यवस्थापनका लागि सङ्घीय सरकारले जस्तोसुकै सहयोग गर्ने वचन दिनुभएको थियो ।प्रधानमन्त्री देउवाले आफूहरूसँगको भेटकै क्रममा कार्यालयबाटै सडक विभागका महानिर्देशकलाई ...