फोहोरबाट मोहोर मात्रै होइन, त्यो फोहोरमा राजनीतिको रोटी पनि पाक्छ । यसको पछिल्लो उदाहरण बनाइँदैछन् काठमाण्डौको फोहोर तह लगाउन कस्सिएका युवा मेयर बालेन्द्र साह र दलभन्दा परका साच्चिँकै स्वतन्त्र व्यक्तिले सक्दैनन् भन्ने संकथन निर्माणमा दत्तचित्त राजनीतिक दलका माहिर खेलाडी । स्वतन्त्रले सक्दैनन् भन्ने संकथन निर्माणमा फोहोर तह लगाउने सहमतिमा सही गर्ने ककनीका माओवादी र धुनीबेसीका मेयरदेखि लिएर कांग्रेस सांसद गगन थापासम्म सबै सामेल भएका देखिन्छन् । काठमाण्डौको सडकमा अहिले मात्रै होइन, पहिले पनि यसैगरी फोहोरको डङ्गुर लाग्थ्यो । मान्...