काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक तर्फको ३ लाख किक्ता शेयर वित्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता १४५ रूपैयाँ तोकिएको छ ।
इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय नारायणचौर, काठमाडौंमा आगामी ३५ दिनभित्र पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नझएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर वित्री गरिने जानकारी कम्पनीले दिएको छ ।