इन्डोनेसियामा बाढी र पहिराेबाट ज्यान गुमाउनेकाे संख्या १५० नाघ्यो

काठमाण्डौ - इन्डोनेसिया र तिमाेर लेस्तेमा बाढी र पहिरोबाट ज्यान गुमाउनेकाे सङ्ख्या १५० नाघेकाे छ ।  अझै पहिराे र बाढीमा दर्जनाैँ हराइरहेका त्यहाँका सरकारी अधिकारीले जानकारी दिएका छन् ।  बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने तिमोर लेस्ते​ बढी प्रभावित भएकाे बीबीसीले जनाएकाे छ । यस प्रकोपबाट इन्डोनेसियामा १३० र  तिमाेरमा २७ जनाको ज्यान गइसकेकाे इन्डोनेसियाको विपद् व्यवस्थापन निकायका प्रवक्ताले बताएका छन् । तिमाेरको राजधानी डिलीको आवासीय क्षेत्रमा धेरै व्यक्तिको ज्यान गइसकेकाे बीबीसीमा उल्लेख छ ।&n...

सम्बन्धित सामग्री

पाकिस्तान बाढी : ज्यान गुमाउनेको संख्या १७ सय नाघ्याे

पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको छ। मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको छ । अधिकारीहरुले यहाँ...

अमेरिकाको केन्टकी प्रान्तमा बाढी र बर्षाका कारण कम्तीमा २५ जनाको ज्यान गयो

अमेरिकाको केन्टकी प्रान्तमा बाढी र बर्षाका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । गएको तीन दिनदेखि निरन्तर परिरहेको बर्षाका कारण ठूलो बाढी आएको र अहिले सम्म २५ जनाको शव भेटिएको केन्टकीका गभर्नर एन्डी बेशियरलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ । गभर्नर बेशियरले बाढीमा हराएकाहरुको खोजी भइरहेकोले ज्यान गुमाउनेको संख्या अभै बढ्न सक्ने बताउनुभएको छ । ठूलो बर्षा र बाढीको कारण  केन्टकी प्रान्तका २५ हजार भन्दा धेरै घरहरुमा बिजुली सेवा बन्द भएको छ । घरहरु डुबेपछि मानिसहरु छतमा बसेर उद्धार टोलीलाई पर्खिरहेका छन् ।...

बाढी-पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत

गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढी-पहिरोमा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा पुगेर राहत रकम प्रदान गरेका हुन् । बाढी-पहिरोमा ज्यान गुमाएकालाई प्रतिपरिवार दुई लाखका दरले रकम प्रदान गरिएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि राहत वितरण गरिने प्रजिअ विष्टले बताएसायल गाउँपालिका–१ रोकाया गाउँका वीरे रोकाया, वडा नं ४ भल्माका जङ्ग विष्ट, वडा नं ५ डुमरीका हिरुवा लुहार र सोही वडा भालुमेलाक

बाढी पहिरोबाट मृत्यु भएकाको परिवारलाई जोरायल गाउँपालिकाको सहयोग

डोटी : जोरायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाएकाको परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ। बाढी पहिरोबाट ज्यान गुमाएका सात जनाको परिवारलाई पालिकाले सहयोग गरेको हो। यही कात्तिक पहिलो साता आएको बाढी पहिरोबाट सयौँ घरमा क्षति पुगेको थियो। सोही घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई सात हजार रुपैयाँ नगद…

भारतकाे उत्तराखण्ड र केरलामा बाढी पहिराेबाट ९६ जनाको ज्यान गयो

काठमाण्डाै - केही दिनदेखिको लगातारको वर्षाका कारण भारतको विभिन्न ठाउँको जनजीवन अस्तव्यस्त बनेको छ । उत्तराखण्डमा केही दिनको लगातारको वर्षाका कारण आएकाे बाढी र पहिराेबाट ५४ जनाको ज्यान गइसकेको छ भने १९ जना घाइते भएका छन् । अझै केही बेपत्ता भएका छन् । केरलामा बाढी र पहिरोमा परि ४२ जनाको ज्यान गएको छ । देशका अरु राज्यका विभिन्न ठाउँमा समेत ठूलो पानी परेकाले जनजीवन नराम्ररी प्रभावित भएको छ । भारतको मौसम विज्ञान विभागले अझै तीन दिन ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । धेरै ठूलो पानी...

बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९० नाघ्यो, ३० जना बेपत्ता

काठमाण्डाै - गएको चार दिनमा बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९० नाघेको छ । अहिलेसम्मको तथ्याङ्कले ९१ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयकाअनुसार पाँचथरमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको छ । यस्तै,  इलाममा १३, डोटीमा १२, धनकुटामा ७,  बझाङमा ८, हुम्लामा ६, बैतडीमा ४ तथा सुनसरी र उदयपुरमा दुई जनाको ज्यान गएको छ । प्युठान, सोलुखुम्बु, मोरङ, डडेलधुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको छ । बाढी पहिरोमा अझै ३० जना बेपत्ता छन्। ज्यान गुमाउनेको सङ्ख्या ...

बाढी पहिरोमा परेर १६ जनाको ज्यान गएको पुष्टि, उद्धारमा कठिनाइ

काठमाण्डाै – ​आइतबारदेखिको वर्षाका कारण आएको बाढी पहिरोमा परेर १६ जनाको ज्यान गएको गृह मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयकाअनुसार धनकुटामा ६, पाँचथरमा ४ इलाम र डोटीमा २, कालिकोट र डडेल्धुरामा एक/एक जनाको ज्यान गएको छ । बाढी पहिरोमा परेर केही हराइरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । यस्तै लगातारको  वर्षापछि पहिरोले ४ वटा घर पूर्ण रुपमा भत्किएका छन् । झण्डै पाँच सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । यस्तै, पहिरोमा परेर हुम्लाक...

भारतको केरलामा बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या २६ पुग्यो

काठमाण्डाै – भारतको दक्षिणी राज्य केरलामा वर्षा र त्यसपछिको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । अझै केहि बेपत्ता छन् । केरलाका दुई जिल्ला इदुकी र कोट्याममा बाढी र पहिरोले जनधनको क्षति गरेको छ । बाढीका कारण स्थानीय सडक बन्द भएका छन् । विद्युत् सेवा पनि प्रभावित भएको छ । सडक, सञ्चार प्रभावित हुँदा शहर र गाउँको सम्पर्क विच्छेद भएको बीबीसी हिन्दीले जनाएको छ । राहत तथा उद्धारका काममा सुरक्षाकर्मी खटिएका छन् । सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा झण्डै चार सय जनाको ज्यान गएको थियो...

कांग्रेसले बाढी पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई २५ हजार दिने

काठमाडौं : बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नेपाली कांग्रेसले २५ हजार रुपैयाँ दिने भएको छ।२०७८ साल वैशाखयता बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई २५ हजार उपलब्ध गराउन लागेको हो।कांग्रेसको बाढीपहिरो विपद् व्यवस्थापन समितिका केन्द्रीय समन्वय समितिका संयोजक मोहन बस्नेतले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन्।मृतकको परिवारले कांग्रेसबाट उपलब्ध गराउने राहत प्राप्त गर्नका लागि सम्बन्धित निकायबाट सनाखत हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।