अमेरिकाको केन्टकी प्रान्तमा बाढी र बर्षाका कारण कम्तीमा २५ जनाको ज्यान गयो

अमेरिकाको केन्टकी प्रान्तमा बाढी र बर्षाका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । गएको तीन दिनदेखि निरन्तर परिरहेको बर्षाका कारण ठूलो बाढी आएको र अहिले सम्म २५ जनाको शव भेटिएको केन्टकीका गभर्नर एन्डी बेशियरलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ । गभर्नर बेशियरले बाढीमा हराएकाहरुको खोजी भइरहेकोले ज्यान गुमाउनेको संख्या अभै बढ्न सक्ने बताउनुभएको छ । ठूलो बर्षा र बाढीको कारण  केन्टकी प्रान्तका २५ हजार भन्दा धेरै घरहरुमा बिजुली सेवा बन्द भएको छ । घरहरु डुबेपछि मानिसहरु छतमा बसेर उद्धार टोलीलाई पर्खिरहेका छन् ।...