कांग्रेसले बाढी पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई २५ हजार दिने

काठमाडौं : बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नेपाली कांग्रेसले २५ हजार रुपैयाँ दिने भएको छ।२०७८ साल वैशाखयता बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई २५ हजार उपलब्ध गराउन लागेको हो।कांग्रेसको बाढीपहिरो विपद् व्यवस्थापन समितिका केन्द्रीय समन्वय समितिका संयोजक मोहन बस्नेतले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन्।मृतकको परिवारले कांग्रेसबाट उपलब्ध गराउने राहत प्राप्त गर्नका लागि सम्बन्धित निकायबाट सनाखत हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ। 

सम्बन्धित सामग्री

विपद्मा नागरिकको जीवन सहज बनाउन सरकारसँग कांग्रेसको आग्रह

कांग्रेसले बाढी पहिरो लगायतका प्राकृतिक विपद्मा परी धेरै नागरिकले ज्यान गुमाइसकेको भन्दै जीवन सहज बनाउन सरकारसँग आग्रह गरेको छ ।