काठमाण्डाै – भारतको दक्षिणी राज्य केरलामा वर्षा र त्यसपछिको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । अझै केहि बेपत्ता छन् ।
केरलाका दुई जिल्ला इदुकी र कोट्याममा बाढी र पहिरोले जनधनको क्षति गरेको छ । बाढीका कारण स्थानीय सडक बन्द भएका छन् । विद्युत् सेवा पनि प्रभावित भएको छ । सडक, सञ्चार प्रभावित हुँदा शहर र गाउँको सम्पर्क विच्छेद भएको बीबीसी हिन्दीले जनाएको छ । राहत तथा उद्धारका काममा सुरक्षाकर्मी खटिएका छन् ।
सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा झण्डै चार सय जनाको ज्यान गएको थियो...