बाढी पहिरोमा परेर १६ जनाको ज्यान गएको पुष्टि, उद्धारमा कठिनाइ

काठमाण्डाै – ​आइतबारदेखिको वर्षाका कारण आएको बाढी पहिरोमा परेर १६ जनाको ज्यान गएको गृह मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयकाअनुसार धनकुटामा ६, पाँचथरमा ४ इलाम र डोटीमा २, कालिकोट र डडेल्धुरामा एक/एक जनाको ज्यान गएको छ । बाढी पहिरोमा परेर केही हराइरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । यस्तै लगातारको  वर्षापछि पहिरोले ४ वटा घर पूर्ण रुपमा भत्किएका छन् । झण्डै पाँच सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । यस्तै, पहिरोमा परेर हुम्लाक...

सम्बन्धित सामग्री

पाकिस्तान बाढी : ज्यान गुमाउनेको संख्या १७ सय नाघ्याे

पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको छ। मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको छ । अधिकारीहरुले यहाँ...

अछाममा बाढी, पहिरोमा परी मृत्यु भएकाको सामूहिक दाहसंस्कार

अछाम – बाढी र पहिरोमा परी २३ जनाको ज्यान जानेको आज सामूहिक दाहसंस्कार गरिएको छ।  जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमै पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको अछाम सहायक प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए। शुक्रबार रातिको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती महिला, १७ बालबालिकासहित […]

अछाम : पहिरोमा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार

अछाम – बाढी र पहिरोमा परि २३ जनाको ज्यान जाने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ । शुक्रवार रातिको अविरल वर्षाका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परि एक गर्भवती, १७ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो ।  पहिरोमा परि ज्यान गुमाएकाकाे जिल्ला अस्पतालको चिकित्सकसहितको टोलीले सम्बन्धित ठाउँमा नै पोस्टमार्टम गरिदिएपछि उनीहरूको आज आइतवार सामूहिक दाहसंस्कार गरिएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले बताउनुभयो । अछामकाे कमलबजार नगरपालिका ६...

दार्चुला : बाढी र पहिरोमा परि ५ जनाको ज्यान गयो, ३ जना बेपत्ता (अपडेट)

दार्चुला – दार्चुलामा बाढी र पहिरोमा परि पाँच जनाको ज्यान गएको छ, तीन जना बेपत्ता भएक छन् । नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा आएको बाढीमा परि पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । नौगाड गाउँपालिकाका जानकी ठगुन्ना, धनुली ठगुन्ना, मोहनराम पार्की, महाकाली नगरपालिका वडा नम्बर १ की मानमती कार्की र महाकाली नगरपालिका वडा नम्बर २ का नन्दराम बोहोराको ज्यान गएको हो । नन्दरामको बाढीमा परि ज्यान गएको हो भने बाँकी चार जनाक...

चीनको छिङहाइमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २६ पुग्यो

ठूलो वर्षापछि आएको बाढी पहिरोमा परेर चीनको उत्तरपश्चिम प्रान्त छिङहाइमा २६ जनाको ज्यान गएको छ । अन्य पाँच जना अझै बेपत्ता रहेका स्थानीय अधिकारीहरूले बताएका छन् । बाढीमा परेका २३ जनाको उद्धार गरिएको छ । गएको बुधवार रातिदेखिको वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजारभन्दा धेरै बासिन्दा प्रभावित भएका छन् । मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भइ  बाढी गाउँ पसेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको मृत्यु

दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् ।  बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पु-याएको छ भने घरहरू बगाएको छ । दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । डरबान हिन्द महासागरको तटमा पर्छ । बाढीपछि उद्दार कार्य तीव्र पारिएको छ ।&nb

बाढी-पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत

गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढी-पहिरोमा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा पुगेर राहत रकम प्रदान गरेका हुन् । बाढी-पहिरोमा ज्यान गुमाएकालाई प्रतिपरिवार दुई लाखका दरले रकम प्रदान गरिएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि राहत वितरण गरिने प्रजिअ विष्टले बताएसायल गाउँपालिका–१ रोकाया गाउँका वीरे रोकाया, वडा नं ४ भल्माका जङ्ग विष्ट, वडा नं ५ डुमरीका हिरुवा लुहार र सोही वडा भालुमेलाक

बाढी र पहिरोमा परी प्रदेश १ मा ५६ जनाको मृत्यु (अपडेट)

गत सोमबारदेखि अविरल वर्षा हुँदा प्रदेश १ मा बाढी र पहिरोमा परी ५६ जनाले ज्यान गुमाएका छन् । प्रदेश १ को पाँचथरमा सबैभन्दा धेरै २२ जनाले ज्यान गुमाएका छन् भने इलाममा १३ जनाको बाढी र पहिरामा परी मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने तीन बेपत्ता भएका छन् । मिक्लाजुङको कुरुम्बा–५ मा मात्रै १५ जनाको मृत्यु भएको छ । त्यस्तै सोही गाउँपालिकाको १ र २ मा चार जनाको मृत्यु भएको छ भने

भारतको केरलामा बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या २६ पुग्यो

काठमाण्डाै – भारतको दक्षिणी राज्य केरलामा वर्षा र त्यसपछिको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । अझै केहि बेपत्ता छन् । केरलाका दुई जिल्ला इदुकी र कोट्याममा बाढी र पहिरोले जनधनको क्षति गरेको छ । बाढीका कारण स्थानीय सडक बन्द भएका छन् । विद्युत् सेवा पनि प्रभावित भएको छ । सडक, सञ्चार प्रभावित हुँदा शहर र गाउँको सम्पर्क विच्छेद भएको बीबीसी हिन्दीले जनाएको छ । राहत तथा उद्धारका काममा सुरक्षाकर्मी खटिएका छन् । सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा झण्डै चार सय जनाको ज्यान गएको थियो...

वर्षासँगै आएको बाढी पहिरोमा परि ६ जनाको मृत्यु, २७ जना बेपत्ता

काठमाडौँ । वर्षासँगै आएको पहिरो र बाढीमा परेर मुलुकभरमा ६ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले बुधवार साँझ जारी गरेको विज्ञप्ति अनुसार बाढी पहिरोमा परी ६ जनाको ज्यान गएको हो। केही दिन यता बाढी पहिरोमा परेर २७ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्। बाढी पहिरोबाट सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, […]