वैशाखयता बाढी, पहिरो र चट्याङ्गका कारण ६२ जनाले ज्यान गुमाए, ६५ करोड रुपैयाँभन्दा धेरैको क्षति

काठमाण्डाै - गएको वैशाख एक गतेदेखि हिजोसम्म बाढी/पहिरो र चट्याङ्गका कारण ६२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत ८० दिनमा बाढी पहिराेमा मात्रै २१ जनाको ज्यान गएको हो । वैशाखयता पहिरोमा १४ जना, भेल तथा बाढीमा ७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै २० जना घाइते भएका छन् । वैशाखयता बाढी/पहिरोमा भन्दा चट्याङ्गबाट ज्यान गुमाउनेको सङ्ख्या दोब्बरले धेरै छ । यो वर्ष असार २० गतेसम्म चट्याङ्गमा परेर ४१ जनाले ज्यान गुमाएका प्राधिकरणको तथ्याङ्क छ । बाढी/पहिरो तथा ठूलो ...