काठमाडौं : सात वटा प्रदेश सरकारमध्ये २ वटाले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट पारित गरेका छन्।संवैधानिक व्यवस्थाअनुसार असार १ गते बजेट प्रदेश सभामा प्रस्तुत गरेकामध्ये असार १५ गते लुम्बिनी प्रदेश र असार १६ गते बागमती प्रदेशले बजेट पारित गरेको छ।प्रदेश नम्बर १ मा बिहीबार बजेटमाथिको छलफल सकेर असार १७ गते पारित गर्ने तयारी रहेकाे छ। अन्य चार प्रदेशमा भने बैठक चल्नै सकेका छैनन्।बागमती प्रदेशबागमती प्रदेश सभाको बिहीबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले पेस ग