काठमाण्डाै – नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ । आज सोमवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई यस कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार बैठकले १० बुँदे सहमति कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधान गर्ने जिम्मेवारी पनि यस कार्यदललाई दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दि...