धनकुटाको महालक्ष्मी नगरपालिका–५ ज्यामिरेमा एक वृद्धको हत्या अभियोगमा मृतकका नाति पक्राउ परेका छन् ।स्थानीय ७० वर्षीय मानबहादुर बस्नेतको हत्या अभियोगमा उनकै २२ वर्षीय नाति निरज कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ । अभियुक्त कटुवाल मृतकका छोरीतर्फका नाति हुन् ।