सप्तरी – विभिन्न ६ बुँदे माग राख्दै सप्तरीको सप्तकोसी नगरपालिकाको कार्यालयमा आज बिहीवार चार राजनीतिक दलले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले विभिन्न ६ बुँदे माग राख्दै मेयरकाे कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा तालाबन्दी गरेको हो ।
उनीहरूले आर्थिक वर्ष २०७८/७९ का नगरभित्रका तथा सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने माग राखेका छ...