बाह्रदशी गाउँपालिकामा लगाइएको ताला खुलाइयो

झापा । बाह्रदशी गाउँपालिकाको कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लगाएको ताला खुलाइएको छ । राप्रपाले पालिकाभित्रका सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्न माग राख्दै आज पालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो । तालाबन्दी गरेलगत्तै कार्यालय आइपुगेका पालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले उनीहरुको मागलाई तत्काल सम्बोधन गर्ने र मङ्गलबार वडाध्यक्षसँग छलफल गरी खाल्डाखुल्डी पुर्ने भद्र सहमति भएपछि ताला […]