काठमाण्डाै - धानबालीमा रोगकिराको समस्या देखिन थालेको छ । काठमाण्डौको चन्द्रागिरिमा धानमा ब्लास्ट रोग देखिएको छ । त्यस्तै धादिङ र काभ्रेमा जरा कुहिने रोगले सताएको छ ।
ब्लास्ट रोग देखिएका क्षेत्रमा अनुगमन गरि विषादी र औषधि सिफारिस गरेको चन्द्रागिरि नगरपालिकाको कृषि शाखाका प्रमुख रामप्रसाद न्यौपानेले बताउनुभयो । ब्लास्ट रोग ढुसीजन्य रोग हो । धानको बेर्ना तथा बालामा लाग्ने रोगमध्ये ब्लास्ट प्रमुख मानिन्छ ।
ब्लास्ट रोग लाग्दा पातमा स–साना सेतो टिका, खैरा थोप्ला देखिने राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख...