दशकौंदेखि फोहरमैला व्यवस्थापनको समस्या झेलिरहेको काठमाडौँ महानगरपालिकाले अब फोहर व्यवस्थापनसंगै मोहर आर्जनको नीतिलाई कार्यान्वयनमा ल्याएको छ । अब कुहिने फोहर उपत्यकामा नै व्यवस्थापन गरी मल बनाउने कार्यका लागि स्थान पहिचानको कार्यलाई तीव्रता दिएको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्याउँदा पटकपटक समस्या आएकाले प्रभावकारीरुपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा सक्रियता बढाएको कामपाले जनाएको छ …